back
CTIZAN AD

दलित परिभाषा र नेपालमा दलितको उत्पति

वि.सं.२०७६ पुस २८ सोमवार

9.4K 

shares

‘नेपाली समाजमा एउटा कुकुर म¥यो भने त्यसलाई फ्याक्ने मानिसको अभाव हुँदैन तर कोही एउटा दलित मर्दा उसका जातका मान्छे त्यहाँ रहेनछ् भने त्यसलाई फ्याक्ने मान्छे पाइँदैन’ (बाबुराम विश्वकर्मा ) ।

यहि यथार्थताका बीच बाँचिरहेका छन् दलित समुदाय । बहुजाति र बहुभाषि रहेको नेपाली समाजमा दलित जाति पाखा पारिएका जाति मानिन्छन् । जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलितहरूले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको छ । उस्तै प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित भएर जन्मेकै आधारमा छुवाछुत र भेदभाव भोग्नुपर्ने स्थिति अद्यापि ज्यूँकात्यूँ छ । दलित जाति आफू मानव भएर स्वतन्त्रतापूर्वक जीउन पाएका छैनन् ।

मान्छे भएर जन्मेपछि स्वतन्त्रढंगले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानबको नैसर्गिक अधिकार हो तर नेपाली समाजमा भने दलित भएर जन्मेकै आधारमा ऊ आफ्नै अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । नेपाली समाजमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।

संसारमा देखापरेको सबै जातीय समस्याहरूमध्ये ‘छुवाछुत’ सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । यो देख्दा सामान्य लाग्ने तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो (आहुति ) ।

आहुतिले भने झैं दलितहरूले बषौं देखि भोग्न विवश छुवाछुतको समस्या पीडादायक छ । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बा“च्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परेको पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पिडादायक छ ।

दलित परिभाषा र नेपालमा दलितको उत्पति
नेपालमा दलितको उत्पत्ति श्रम विभाजनको आधारमा भएको पाइन्छ । श्रम विभाजन अनुसार गरिएको वर्गिकरणबाट पछि कसैले पनि विद्रोह नगरुन् भनेर सत्तामा बस्नेहरूले विभिन्न कठोर कानूनहरू बनाई छुवाछुतलाई नै वैधानिक बनाउने काम भयो । यसरी सयौं वर्षदेखि चल्दै आएको छुवाछुतको परम्परालाई परिष्कृत गर्न कसैले हिम्मत गर्नु भनेको कानूनको दृष्टिमा नै अपराध मानिने हु“दा एउटै समाजभित्र रहेर पनि दलित जातिहरू देशको नागरिक हुन पाएनन् भने उनीहरू पनि यसलाई आफ्नै भाग्यको खेल मानेर चुप लागेर बस्न बाध्य पारिए । “भेदभावपूर्ण व्यवहारको प्रतिवाद गर्ने साहस धेरैजसो दलितहरूमा आजसम्म कम्ति नै छ र यसलाई उनीहरूले भाग्यका रुपमा बाध्य भएर स्विकार गरेका छन्” (दिल्लीराम दाहाल , आदि ।

मान्छेको कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण एउटै हुँदैन । हेराइ र भोगाइ अनुसार समस्यालाई हेर्ने र त्यहि अनुसार व्याख्या विश्लेषण गर्ने गर्दछन् । दलित समस्या कस्तो खालको समस्या हो भन्ने सम्बन्धि विद्धानहरूले विभिन्न तर्क गर्ने गरेको पाइन्छ । ‘दलित’ को परिभाषा सबभन्दा पहिला सन् १९७७ मा भारतका दलित प्यान्थरवालाहरूले गरेका थिए । उनीहरूले दलितको व्याख्या गर्दै जुन मान्यताको स्थापना गरे, त्यो हो– “जो व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष छुवाछूतको सिकार हुन्छ ।” त्यसका साथै जुन वर्ग सामाजिक उत्पीडनको सिकार भइरहेको छ” । विशेष गरि युद्धमा हारेर दासि बनाइएकाहरूलाई, शुद्रमा झारिएकाहरूलाई दलित भन्न थालिएको पाइन्छ भने त्यस्तैगरी तल्लो स्तरको काम गर्ने जातिलाई दलित भनिने गरिएको पाइन्छ ।

ब्रिटिशकालीन भारतमा सन् १९२७ मा बनेको साइमन कमिशनले “शुद्रमध्येकै ‘अतिशुद्र’ अजात मानी पानी नचल्ने तहमा राखेको समूहलाई दलित मानेको र चरम आर्थिक शोषण तथा सामाजिक उत्पीडनको शिकार भई पानी नचल्ने ठानिएको समुदाय नै दलित हो भनेको छ ।” नेपालमा दलित शब्दलाई वि.स २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जन विकास परिषद्’ नामको संगठनले पहिलोचोटी प्रयोगमा ल्यायो । त्यसअघि नेपालमा ‘अछुत’, ‘परिगणित’, ‘हरिजन’ जस्ता शब्दहरू प्रयोग गरिन्थ्यो । यसप्रकार दलित आन्दोलनका क्रममा स्थापित ‘दलित जाति’ शब्दले हिन्दु समाजमा ‘अछुत’ बनाइएका जातहरूको साझा परिचय बुझाउने अर्थ ग्रहण गरिसकेको छ र ती जातहरूले पनि ‘दलित जाति’ शब्दलाई आन्दोलनबाट स्थापित आफ्नो सम्मानजनक परिचयका रुपमा ग्रहण गरिसकेको आहुतीको भनाइ छ ।

संयूक्त राष्ट्र संघको सबै किसिमको जातीय भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धि १९६५ को धारा १(१) ले हाम्रो सन्दर्भमा रहेको दलितको परिभाषालाई जातिय भेदभावका रुपमा परिभाषित गरेको छ । सो महासन्धिमा भनिएको छ “जातीय भेदभाव भन्नाले जात, रंग, वंश, राष्ट्रियता र उत्पत्तिका आधारमा गरिने फरक व्यवहार, पृथक संकुचनता तथा अन्यलाई ग्राहयता दिनुलाई बुझिन्छ, जसले मानवीय मर्यादा अधिकारको प्रयोग र मानव अधिकारको उपयोगमा समान हैसियत लगायत मूलभूत राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार लगायतका हकमा हनन् पु¥याउँछ ।”

यद्दपी उक्त महासन्धिमा दलित जातीय समस्यामा नपरेको दाबी गर्दै आहुति भन्छन् “आजसम्म पनि संयूक्त राष्ट्र संघको सबै प्रकारका जातीय भेदभाव निर्मूलसम्बन्धी महासन्धि–१९६५ भित्र वास्तवमा छुवाछुतमय दलित जातीय समस्या परेको छैन” ।

चरम आर्थिक शोषण तथा सामाजिक उत्पीडनको सिकार भई पानी नचल्ने ठानिएको समूदाय नै दलित हो (विश्वकर्मा र सुन्दर २००२) । उन्नाइसौं शताब्दीको सुधारवादी आन्दोलनको उपज हो, दलित शब्दको व्युत्पति संस्कृत धातु ‘दल’ बाट भएको जसको अर्थ फुटाउनु, टुक्रा–टुक्रा पार्नु र कुल्चनु हुन्छ, (नरेन्द्र सिंह ) ।

नेपाली बृहत् शब्दकोषमा ‘दलित’ शब्दको शाब्दिक अर्थ, फुटाइएको, दविएको, दमन गरिएको, थिचिएको, कुल्चिएको हो र दलित समुदाय भन्नाले समाजमा हक, इज्जत, प्रतिष्ठा समान रुपले पाउन नसकेको जातिलाई जनाउँछ । “धर्म राज्यसत्ता र कानुनको आधारमा सयौं वर्ष देखि सामाजिक रुपमा ‘अछुत’ पारिएका तथा राजनीतिक आर्थिक, प्रशासनिक, शैक्षिक क्षेत्रका समान अवसरबाट वञ्चित गराइएका, सांस्कृति क्षेत्रमा पिछडिएका, सामाजिक कुरीति र अन्धविश्वासले ग्रस्त र वर्तमानमा पनि प्रजातन्त्रको फल चाख्न नपाएका, हिन्दु वर्णाश्रम व्यवस्था अनुरुप विभिन्न उपजातिमा विभक्त, शोषित उत्पीडित, सिल्पी, कलाकार र श्रमिक वर्ग नै दलित जाति वा वर्ग हो” (यामबहादुर किसान ) ।

रत्न नेपाली शब्दकोषले पनि दलित भनेर थिचिएको, दलिएको र कुल्चिएको भनि परिभाषित गरेको छ । दलित भन्नाले समाजमा समानरुपले हक, इज्जत, प्रतिष्ठा उपभोग गर्न र समान अवसर नपाई समावेशीकरण हुन नपाएको जाति–समुदायलाई जनाउँदछ भन्ने छ (विश्वकर्मा ) ।
दलित कुनै जाति होइन समाजमा हरेक तबरबाट दबिएर र दलिएर रहेका जातिहरूको समूह हो । यसबाट के बुझन् सकिन्छ भने दलित भनेको राज्यबाट पाउनुपर्ने हक र अधिकारबाट वञ्चित जातिहरूको समूह दलित हो (विश्वकर्मा ) । नेपालमा दलित शब्द शोषण र थिचोमिचोमा परेकाहरूका लागि मात्र प्रयोग हुँदैन । बरु हिन्दु वर्णाश्रमवादी व्यवस्थाले सामजिक श्रेणीको सबभन्दा तल राखेको ‘शुद्र’ वा ‘पानी नचल्ने’, ‘छोइछिटो गर्नुपर्ने’ तथा नेपाली राज्य व्यवस्थाले स्थापित गरेको समाजमा सीपमुलक कार्य गर्ने निश्चित पेसागत जाति समूह दलितको नाममा परिचित छ ( झलक  सुवेदी ) ।

दलित आन्दोलनका योद्धा पद्ममलाल विश्वकर्मा भन्छन् –वर्ण व्यवस्थाभित्र शुद्रवर्णबाट अतिशुद्रको थान्कोमा झारिएको तथा जातिय विभेद एवं छुवाछुतको दुव्र्यवहारसमेत भोग्दै आएको आधारभूत जनसमुदाय नै आजको ‘दलित समुदाय’ हो(विश्वकर्मा २०६०) । जातिभेद र जातपातको कारणले सबभन्दा तल पारेकाहरू नै दलित हुन् (मोदनाथ प्रश्रित ।

नेपालको सन्दर्भमा वि.स १९१० को मुलुकी ऐनले जातिय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक तथा धार्मिकरुपमा राष्ट्रिय मूलप्रवाहबाट पछाडि पारिएका जात जातिका समुदायलाई दलित वर्ग भनी परिभाषित गरेको छ भने नेपाली समाजमा पानी चल र अचल ठहर गरेको समुदाय नै ‘दलित समुदाय’ हो भनेको छ । वि.सं २०२० सालको मुलुकी ऐन, अदलको १० (क) न. लागू हुनुभन्दा अगाडिका राज्य, समाज व्यवस्थाले ‘जातपात र छुवाछुत प्रथा’ कायम गराई (अद्यापि कायम रहेको) पानी नचल्ने, छोइछिटो हाल्नु पर्ने (अछुत) जातिका रुपमा चिनिने समुदायहरू नै दलित हुन् ।

यसरी दलितको परिभाषाका सम्बन्धमा विभिन्न व्याख्या रहे पनि यथार्थमा हामीले देख्दै र बुझ्दै आएको के हो भने सामाजिक रुपमा हेपिएका, आर्थिक रुपले दबिएका, सांस्कृतिक रुपले पाखा लगाइएका र राजनीतिक रुपले उपभोग र शोषणमा पारिएका जाती नै दलित हुन् ।

प्रस्तुत अंशः ‘नेपाली मिडियामा दलितको प्रतिनिधित्व’ शिर्षकमा स्नातकोत्तर तहमा गरिएको शोधपत्रबाट लिइएको हो ।

वि.सं.२०७६ पुस २८ सोमवार ११:२९ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...