back
CTIZAN AD

ठेक्का ब्यवस्थापन गुच्चाको खेल हैन भन्ने मुलुक हाँक्नेले बुझ्नुपर्छ

वि.सं.२०७६ पुस २८ सोमवार

1.4K 

shares

नेपालमा सबै निर्णय जेनेरलिष्ट वकील, जेनेरलिष्ट प्रशासक, जेनेरलिष्ट न्यायाधीश, जेनेरलिष्ट सांसद, संबैधानिक आयोग निकायका जेनेरलिष्ट पदाधिकारीहरूले गर्ने गरिएबाट पेशागत पक्षमा बुझो न सुझो, मनगढन्ते, साधारण ज्ञानका आधारमा जटिल, पेशागत क्लिष्टता, अनुभव, बिज्ञता, सीप नभएकाबाट मुद्दाहरू छानबिन हुने र छिनिने, हुने गर्दा बिकास, ठेक्का, सार्वजनिक खरिद, रिसर्च, प्राविधिक बैज्ञानिक कम्पलेक्स र कम्लिकेटेड पक्षहरू ओझेलमा पर्ने र मुलुक गवाँरहरूको हैकममा नै चल्दै जाने गरेको पाईन्छ । जसले गर्दा तिब्र प्रविधि क्रान्ति, बैज्ञानिक ईनोभेशन, ब्यावसाय–उद्यमप्रेमी युग सुहाउदो नहुदा मुलुक झन-झन तन्नम र नर्कमा फस्दै गइरहेको र जाने देखिदैछ ।

गन्हाउने पोखरीमा माछा त के किरा–मकोडा पनि जिउन संभव हुदैन भने त्यस्तो ठाउँमा योग्य, सक्षम, पठित, ईमान्दार व्यावसायिक ज्ञान सीप अनुभव भएका मानिस बस्ला भनेर कल्पना गर्नु मूर्खता हुन्छ । तसर्थ,तिब्र बिकासको वातावरण बनाउने चाहना छ भने जटिल व्यावसायिक,आर्थिक, बैज्ञानिक, प्राविधिक, खरिद व्यवस्थापन, ठेक्का ब्यवस्थापन, जटिल बिशेषज्ञता आवश्यक पर्ने जस्ता कामबारे अन्तिम न्यायिक निर्णय गर्ने समग्र निकायहरूमा बिज्ञहरू सम्मिलित जुरीप्रणाली लागू गरी बिज्ञ प्यानेलको निर्णयानुसार कामकुराको अन्तिम टुंगो लगाउने प्रणाली लागू गर्न अपरिहार्य भैसकेको छ । नत्र भने मुलुकलाई बुझो न सुझोका गवाँर जेनरलिष्टहरूको झुण्डले डुबाउने छ, टेक्नोक्रेसी झन् रसातलमा पुग्दै जाने निश्चित छ ।

नेपालका प्रोजेक्ट म्यानेजरहरूले विदेशी कम्पनीहरूसंगको निर्माण वा खरिद ठेक्का व्यवस्थापन गर्दा मिडिया, संसद, महालेखा, अख्तियार, लेखा शाखा, वकिल, अदालतले केके भन्छन् त्यसकै पछि पछि लागेर, उतर्सिएर काम गर्ने हो भने साराका सारा भएका ठेक्का तोडेर नेपाल सरकारलाई वर्षेनी खर्बौं रकमको क्षतिपूर्ति दिनुपर्ने गरी भुँडी बोकाउनुपर्ने हुन्थ्यो । प्रोजेक्ट म्यानेजरहरू जे जस्तो दबाब सहेर, आरोप खेपेर, कालकुट विष पिएर, प्राताडित भएर, अपमानित भएर पनि भएगरेका ठूला विदेशी कम्पनीसँगका ठेक्का सम्झौताहरूको हत्या हुनेगरी मुलुकलाई उठिनसक्नु आर्थिक भारको भुँडी बोकाउनुबाट निरन्तर जोगाईरहेका हुन्छन् । यिनको अगाडी ठेक्का मामलामा गफाडी गवाँरहरूको गनगन र बकबकको महत्व सिन्को बराबर पनि हुदैन ।

कन्ट्र्याक्ट म्यानेजमेन्टमा गवाँरहरू उपबुज्रुक भएर जान्ने पल्टिनेहरूले देशलाई सुशासन, बिकास अयोग्य बनाउदै जान थालेको प्रतित हुन्छ । बैदेशिक ठेक्का व्यवस्थापन जस्तो क्लिष्ट, जटिल, विवेक–चातुर्य, नेगोशियसन, बार्गेनिंग गर्ने क्षमता दरकार हुने विषयमा सडकछापेहरूको बकबक सुनेर सर्वसाधारणहरूले मत बनाउनु झन् मूर्ख बन्नु हो ।

नेपालका सांसद, मन्त्री, महालेखा, अख्तियार, मिडियाकर्मीहरूलाई ठूला ठेक्का भनेको के हो ? यसका शर्त र काम कसरी व्यवस्थापन गरिन्छ ? यसमा कस्तो रणनीति, योग्यता, क्षमता, ज्ञान, अनुभव, चातुर्य, स्मार्टनेश चाहिन्छ र कसरी लक्षभेदन गरिन्छ ? यसबारेमा चरणबद्ध प्रशिक्षण दिन बिज्ञहरूनै नै अघिसर्ने पो होकि भन्ने भान हुदैछ । ठेक्का ब्यवस्थापन गुच्चाको खेल हैन भन्ने बोध गराउन अहिले मुलुक हाक्नेहरूलाई बुझाईनु पर्ने देखिदैछ ।

मुलुक त्यतिखेरबाट मात्र बन्न आरम्भ हुन्छ जब अधिकारीहरूले असल नियतले साहसी भएर जोखिम लिदै काम गर्न अघि सर्छन् । काम गर्दा त्रुटी नहुने कुरा कहाँ हुन्छ र ? तर असल नियतले गरेको कामको अगाडी अरू कमि कमजोरीको कुनै अर्थ हुदैन, त्यो भविष्यका निम्ति शिक्षा हुनुबाहेक । कातरहरुको हातबाट मुलुक अगाडी बढ्ला भनेर सोच्नु मूर्खता मात्रै हैन महाबेउकुफी पनि हुन्छ ।

वायुसेवा निगमका अधिकारीहरूले वाईडबडि जहाज खरिद गर्दा लिएको साहसिक, जोखिमयुक्त सुधबुझयुक्त सफल कदमलाई सदा सलाम गर्नुपर्छ । यसमा भलै सैयौं छिटफुट त्रुटी भएका किन नहून् ! भलै एकाध अर्ब रूपैया अनुभवको कमि वा दुनियाँको कचकच सुनेर संबोधन गर्न नसक्दा टुट्टा परेको भए पनि किन नहोस् । त्यस्ता कमिहरू क्षमता, साईत र अनुभवका कारण पनि हुन पुग्छन् तर असल नियत नै प्रधान हुन्छ । अन्तर्राष्ट्रिय बिजिनेश ट्रान्जेक्सन र ठेक्का व्यवस्थापन र त्यसका जटिल जोखिमयुक्त शर्त पालना त्यसै पनि स्मार्ट, गंभीर, ज्ञान, अनुभव, रणनीतिक चातुर्य, मुलुकको लक्ष र दिर्घकालिन लाभ हित हेर्दै, विवेकको प्रयोग गर्दै फुकिफुकी कदम चालेर लक्षभेदन गर्दै यात्रु र यात्रालाई गन्तव्यमा पुर्याउने बिषय हो । सांसद, अख्तियार, महालेखा, मिडियाका बकम्फुसे कुरा सुनेर डराउदै कातर भएर परियोजना ब्यवस्थापकहरू चुप बस्ने हो भने त कार्यालयमा ताला ठोकेर, हात बाधेर हाई काढेर तलब थाप्ने बिकल्प मात्र रहने भयो । अन्तर्राष्ट्रिय ठेक्का व्यवस्थापन केटौली गुलिडण्डा खेल हैन जो जसले पनि खेलोस् ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

जनबिरोधी नबनाईयोस् सूचना प्रविधि र बिशेष सेवा कानुन

वि.सं.२०७६ पुस २८ सोमवार ११:१८ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...