back
CTIZAN AD

दश वटै स्थानीय तहमा बेरुजुको चाङ

वि.सं.२०७६ पुस २९ मंगलवार

1.1K 

shares

२९ पुस, खोटाङ । महालेखा परीक्षकको कार्यालयले यहाँका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७५\०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औँल्याएको हो ।

प्रतिवेदन अनुसार ऐसेलुखर्क गाउँपालिकामा आव २०७५\०७६ मा रु १४ लाख ६१ हजार ७७७ बेरुजु औल्याइएको छ । अघिल्लो आवमा गाउँपालिकामा रु ४० लाख ३४ हजार ५६६ बेरुजु देखिएको थियो । अघिल्लो आवमा रु तीन करोड ३६ लाख ७१ हजार ८०६ बेरुजु पाइएको केपिलासगढी गाउँपालिकामा आव २०७५\०७६ मा रु एक करोड ६२ लाख २८ हजार २८७ बेरुजु देखिएको छ । अघिल्लो आवमा रु ७४ लाख ४६ हजार ४९९ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आव २०७५\०७६ मा रु तीन करोड १८ लाख १९ हजार ३५४ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ ।

आव २०७४\०७५ मा रु चार करोड ४४ लाख ९८ हजार ९८९ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आव २०७५\०७६ मा रु एक करोड ३१ लाख २९ हजार ७०१ बेरुजु रहेको छ । आव २०७४\०७५ मा रु चार करोड ५० लाख १३ हजार ६१९ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आव २०७५\०७६ मा रु दश करोड २५ लाख दुई हजार ८९९ बेरुजु भटिएको छ ।

अघिल्लो वर्षमा रु एक करोड १६ लाख ९५ हजार १९५ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आव २०७५\०७६ मा रु एक करोड ९५ लाख ९५ हजार ९०९ बेरुजु देखिएको छ । आव २०७४\०७५ मा रु दुई करोड ४० लाख छ हजार १६२ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आव २०७५\०७६ मा रु एक करोड ११ लाख ८१ हजार ४७८ बेरुजु रहेको देखाइएको छ ।

यस्तै, आव २०७४\०७५ मा रु दुई करोड ८७ लाख ५२ हजार ५०१ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आव ०७५\०७६ मा रु एक करोड २० लाख ७८ हजार ३०१ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको छ ।

वि.सं.२०७६ पुस २९ मंगलवार ०९:०३ मा प्रकाशित

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...