back
CTIZAN AD

सत्ताको सौदाबाजीमा देश बेच्न पाइदैन-चित्र बहादुर केसी

वि.सं.२०७६ पुस २९ मंगलवार

888 

shares

२९ पुस, काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले सत्ताको सौदाबाजीमा देश बेच्न पाइदैन भनेर आक्रोश ब्यक्त गरेका छन् ।

मंगलबार राजधानीमा आायोजित ‘माथिल्लो कर्णाली जिएमआरलाई दिने सम्झौता खारेजी सम्बन्धी’  मंगलबार राजधानीको भोजनगृहमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेता चित्र बहादुर केसीले भारतले नेपालका जलश्रोत मात्रै कब्जा नभएर नेपाली भू–भाग पनि कब्जा गर्ने योजना बनाइरहेको भन्दै यसमा सबै नेपाली मिलेर देश बचाउनु पर्ने बताए ।

‘भारतले तीनवटा भक्तपुर जस्तो नेपाली भू–भाग नक्सामा राखेर नेपाली जनतालाई च्यालेन्ज दिइसकेको छ कि यो हाम्रो भू–भाग हो तिमीहरुले देख्न पनि पाउँदैनौं,’ अध्यक्ष केसीले भने, ‘ राष्ट्रलाई यतिधेरै संकट परेको बेलामा गाउँ तथा शहर बजारमा यतिबेला स्वस्थानीको छलफल चल्छन्, स्वस्थानी ब्रतकथामा मान्छेको जमघट छ । यहि स्थिति हो भने अहिले हामीले भारतले पानी ओगट्यो भनिरहेका छौं, कोशी, गण्डकी, कर्णाली महाकालीको कुरा गरिरहेका छौं, अब ढिलो चाँडोे नेपालको सम्पूर्ण भू–भाग नै कब्जा गर्ने योजना अनुसार उनीहरु चलिरहेका छन् ।’

सोहि कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सी पी मैनालीले सरकारले राक्ष्टिय लज्जाको स्थिति बनाएको भन्दै सबै देशभक्त मिलेर संघर्षको आधि सृजना गर्नुपर्ने बताएका थिए ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भिम रावलले माथिल्लो कर्णाली आयोजना ३५० मेगावाटबाट रातारात कुनै टेण्डर नगरी गैरकानुनी किसीमले ९०० मेगावाट पुर्याइको बताउँदै त्यसको परियोजना विकास सम्बन्धी प्रारम्भिक मस्यौदामा कर्णाली नदिबाट कुनै किसानले एउटा कुलो लियो भने पनि जिएमआरलाई सोध्नुपर्ने रहेको बताए ।

‘त्यतिमात्र होइन, चिसापानीमा १० हजार ८ सय मेगावाट विद्युत् निकाल्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं त्यसलाई कहिल्यै बन्न नदिने गरी माथिल्लो कर्णालीको प्रशारण लाइन चिसापानीमाथिबाट लाने त्यसमा प्रस्ताव थियो,’ नेता रावलले भने, ‘त्यसका अरु धेरै प्रावधान थिए, १६ वटा बुँदा सच्याइए, अरु बाँकी सकिएन ।’

कार्यक्रममा नेकपा क्रान्तिकारी माओबादीका वरीष्ठ नेता सी पी गजुरेलले राष्टियताको बहश नेता , कार्यकर्ता हुदै जनतामा पुयाउनुपर्ने र देशभक्तहरुको बृहद आन्दोलनबाटै राष्टघात रोक्नुपर्ने बताएका थिए ।

सोहि कार्यक्रममा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पयाधुरा र कालापानीलाई हडपे लगत्तै सरकारले सर्वदलिय बैठक आव्हान गरेर भूमि फिर्ता र सीमा रक्षाको पक्षमा राष्ट्रिय सहमति घोषणा गरेपनि अहिले त्यो महिनौ बित्दा पनि भारतद्धारा हड्पिएको भूमि फिर्ता गर्ने र नेपालको सीमा रक्षा गर्ने काममा सरकारले नै जनताको आन्दोलन सिथिल बनाउन खोजेकामो शंका बढ्दै गएको बताए ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराइको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा अभियन्ता भरत शाहि, जनसमाजबादी पार्टी नेेेेपालका उपमहासचिव  डम्बरबिक्रम  कार्की, नेकपा मसालका बागमती प्रवक्ता समिर सिंह लगायतले कर्णालीको राष्टघात रोक्नुपर्ने बताएका थिए भने  भरतबहादुर शाहि.   साध्य बहादुर भण्डारी , र नारायण शर्मा द्धारा लिखीत कार्यपत्र भरतबहादुर शाहिले वाचन गरेका थिए ।

कार्यक्रम नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा. नेकपा (माले), नेकपा (क्रान्तिकारी-माओवादी) नेकपा (माओवादी-केन्द्र), जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, पुष्पलाल अध्ययन समाज काठमाडौँ, राष्ट्रिय जागरण परिषद् नेपाल, पुष्पलाल मित्रता मञ्च, समृद्ध नेपाल राष्ट्रिय अभियान,राष्ट्रिय पुनर्जागरण अभियान, राष्ट्रिय जागरण मञ्च र पृथ्वी विचार अभियानसहित १४ संस्था मिलेर आयोजना गरिएको थियो ।

वि.सं.२०७६ पुस २९ मंगलवार १८:३४ मा प्रकाशित

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...