मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुने । तापनि अध्ययनमा सामान्य प्रगति हुने । सेवामूलक कामबाट फाइदा हुनेछ । शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ । घरायसी सुखसयलले काममा पछि पार्न सक्छ । काममा आलस्य जागे पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गर्दा देश(विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही असहज परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ काममा हात हाल्ने समय छ । केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ । उद्योग र व्यापारमा पनि फाइदा हुनेछ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू भने सक्रिय रहनेछन् । उपलब्धि जोगाउन गोपनीयतामा सावधान रहनुहोला ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको भरपर्दा आफ्नो काम प्रभावकारी नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । वादविवादले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ, बोली(व्यवहारमा सजग रहनुहोला । मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन् । अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न भने समय लाग्नेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । अध्ययनबिना गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्चिलो कामका लागि सरसापट लिनुपर्ने आवश्यकता पर्न सक्छ । पछिका लागि लगानी गर्ने अवसर भने प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामले पनि फाइदै हुनेछ । अध्ययनका सन्दर्भमा भ्रमण हुन सक्छ । केही पाउन अर्को वस्तु त्याग्नुपर्ला । आफन्तबाट पनि टाढिनुपर्ने स्थिति आउन सक्छ । खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । तपाइको कामको उचित मूल्यांकन हुनेछ भने पछि उठ्नुपर्ने रकम पनि तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिलाई फाइदा हुनेछ । आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ । सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ । धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तले उत्साह जगाउनेछन् । प्रयत्न गर्दा आम्दानी बढाउने काम प्रारम्भ हुनेछ ।
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा केही चुनौतीहरू देखिनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । सोखले खर्च बढाउन सक्छ । तर प्रतिस्पर्धामा उत्रनुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ ।
माघ १ बुधबार (२०२० जनवरी १५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७६ माघ १ बुधवार ०८:०६ मा प्रकाशित






























