back
CTIZAN AD

जलविहीन रानीपोखरी,तीन हजार माछा सारियो

वि.सं.२०७३ मंसिर २३ बिहीवार

978 

shares

२३ मङ्सिर, काठमाडौँ । झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ ।
रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिनुभयो ।

अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको छ । अब एक हजार माछा सार्न बाँकी रहेको अनुमान गरिएको छ । सबै माछा स्थानान्तरण गरिसकिएपछि केही दिनमा हिलो फाल्ने काम सुरु हुन्छ । विसं २०७२ वैशाख १२को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र वरपर समेत क्षति पुगेको थियो ।

गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणको आगामी भदौ १३ गते सकिने बताइएको छ । बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काम रोक्न निर्देशन दिएको थियो ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहरा राखिने महानगरपालिकाको योजना रहेको छ । तस्बिर : प्रदीपराज वन्त,रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार १३:४३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...