back
CTIZAN AD

विपन्न नागरिक उपचार सहायता रकम बढाइने तयारी

वि.सं.२०७३ मंसिर २३ बिहीवार

951 

shares

doctor

काठमाडौँ । सरकारले आठ प्रकारका कडा रोगको उपचारमा गर्दै आएको सहयोग बढाउने तयारी गरेको छ ।

यी रोगको उपचारका लागि गरिँदै आएको रु एक लाख उपचार सहयोग बढाएर रु पाँच लाख पु¥याइने बताइएको छ । कलेजो प्रत्यारोपण, मस्तिष्काघात, अप्लास्टिक एनिमिया र थालेसिमिया रोगलाई पनि उपचार सहायता गर्नेगरी विपन्न नागरिक औषधोपचार कोष निर्देशिका (संशोधित) २०७३ मस्यौदा तयार हुँदैछ । अहिले मुटु रोग, अर्बुद रोग, अल्जाइमर्स , पार्किन्सस, टाउकामा र मेरुदण्डमा चोट र सिकलसेल एनिमियाको उपचारमा मात्र सहयोग दिइँदै आएको छ । ती रोगको उपचारमा दिइँदै आएको राहत रकम पनि रु पाँच लाख पु¥याइने प्रस्ताव मस्यौदा गरिएको छ ।

संशोधन गर्न लागिएको निर्देशिकामा मिगौला रोगीको सम्पूर्ण डायलासिस निःशुल्क र मिर्गाैला रोगको ‘एक्युट रेनल फेलियर’ भएका बिरामीलाई रु पाँच लाख बराबर औषधोपचार सहुलियत दिन प्रस्ताव गरिएको छ । मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामीलाई सूचीकृत अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराउनसमेत प्रस्ताव गरिएको छ । अहिले डायलासिस निःशुल्क भए पनि प्रत्यारोपणका लागि रु दुई लाख र त्यसपछि औषधिका लागि रु एक लाख मात्रै दिने गरिएको छ ।

चालु आवमा रु एक अर्ब विपन्न नागरिक औषधि उपचार कार्यक्रमका लागि छुट्याइएकामा अहिलेसम्म रु ६० करोड खर्च भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो । सहयोग लिनेमध्ये धेरै अर्बुदका बिरामी भए पनि खर्च भने मिर्गाैलाको उपचारमा धेरै हुने विपन्न नागरिक औषधिउपचार व्यवस्थापन शाखा कार्यक्रमका सिनियर अहेव अधिकृत प्रकाश घिमिरेले बताउनुभयो ।

सरकारले अहिले आठ प्रकारका कडा रोग लागेका बिरामीका लागि रु एक लाख छुट्याउँदा वार्षिक रु एक अर्बभन्दा धेरै खर्च हुने गरेको छ भने प्रस्ताव संशोधन भई प्रत्येक बिरामीले रु पाँच लाखका दरले सहयोग प्राप्त गर्ने हो भने रु पाँच अर्ब बढी खर्च लाग्ने देखिन्छ । सरकारले विभिन्न ३१ सरकारी तथा निजी अस्पतालबाट अहिले यी रोगको उपचार गर्दै आएको छ । निर्देशक डा केसीले अन्य अस्पतालले पनि सो कार्यक्रम सञ्चालनका लागि अनुमति मागिरहेको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार १३:५४ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...