back
CTIZAN AD

प्रहरी जागिरमा निराशा बढ्दै साढे पाँचहजार बढीले दिए राजिनामा

वि.सं.२०७६ माघ ७ मंगलवार

945 

shares

७ माघ, काठमाण्डौं । नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ ।

विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ठ तह (डिआइजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ५ हजार ८४६ जनाले राजिनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार दैनिक रुपमा सातजनाले राजीनामका दिने गरेको पाइएको छ । प्रयाप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनु लगायतका कारण प्रहरीमा जागिरप्रतिको निराशा बढेको पाइएको छ । कतिपयले विदेश जानकै लागि राजीनामा दिने गरेका छन् ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७४\७५ मा २ हजार ५६४ जना प्रहरीले राजिनामा दिएका छन् ।

राजिनामा दिनेमा ३ प्रहरी नायक महानिरीक्षक (डीआइजी), २ प्रहरी नायब उपरीक्षक (डिएसपी), ८ प्रहरी निरीक्षक (इन्सपेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ जवान र ३१ जना कार्यालय सहयोगी रहेका छन् ।

आर्थिक वर्ष २०७५\०७६ मा ३ प्रहरी उपरीक्षक (एसपी) ६ डीएसपी, १५ इन्सपेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवल्दार, ४२९ जवान, र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् । यसैगरी चालू आवको ९ पुष सम्म १ हजार २ सय ९ जाले राजीनामा बुझाएका छन् । जसमा २ डीएसपी, ६ इन्सपेक्टर, ८१ सई, १८९ असई, ७४२ हवल्दार, १६० जवान र २९ जना प्रहरी रहेका छन् । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ ७ मंगलवार ०८:२३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...