back
CTIZAN AD

फेसबुकमा ६ हजार फलोअर भएको निहुँमा श्रीमतीको हत्या

वि.सं.२०७६ माघ ७ मंगलवार

792 

shares

७ माघ, भारत । फेसबुकमा ६ हजार फलोअर भएको भन्दै एक युवाले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

यो घटना हो, भारतको जयपुरको आमेर इलाकाको । यहाँका एक युवाले आफ्नी श्रीमतीको चरित्रमाथि संका गर्दै २ वर्षअघि प्रेम विवाह गरेर ल्याएकी २२ वर्षीया श्रीमतीको हत्या गरेको दैनिक भास्करले लेखेको छ ।

अहमद अन्सारी नामक ती २६ वर्षीय युवाले आफ्नी श्रीमती रेशमा उर्फ नैना मंगलानीको हत्या गरेका हुन् ।
श्रीमती दिनभर फेसबुकमा व्यस्त रहने गरेको र उनको फेसबुकमा ६ हजार बढी फलोअर रहेको विषयलाई लिएर उनीहरुको झगडा हुने गरेको थियो । त्यहि रिसमा आइतबार माइतमा रहेकी श्रीमतीलाई ती युवाले घुमाउने लैजाने बहानामा बोलाए । दिनभर घुमाएर राति हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको तीन महिनाको छोरा पनि रहेको बताइएको छ । ती युवा अहिले प्रहरी हिरासतमा छन् ।

उनले प्रहरी सामु भनेका छन् ‘आइतबार रेशमालाई बोलाएर बियर खुवाए । त्यसपछि राति आमेर इलाकामा जयपुर–दिल्ली हाइवेमा रहेको माताको मन्दिर नजिकको सुनसान ठाउँमा घाँटी थिचेर हत्या गरिदिए । मृतक उनी नै हुन् भनेर पहिचान नहोस् भनेर ठूलो ढुंगाले उनको टाउको र मुखमा थिचेको थिए ।’ स्कुटीमा गएका ती युवाले स्कुटी नै झाडीमा फ्याकेर भागेको बताइएको छ । सोमबार बिहान ती महिलाको शब भेटिएको थियो ।

पछिल्लो समय श्रीमानले शंका गरेको भनेर रेश्माले डिभोर्स मागेकी पनि बताइएको छ ।

वि.सं.२०७६ माघ ७ मंगलवार १३:३६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...