back
CTIZAN AD

विदेशबाट पैसा पठाउँदा होस् पु¥याउनुस्, नत्र ठगिनु होला

वि.सं.२०७६ माघ ७ मंगलवार

2.1K 

shares

विदेशबाट पैसा पठाउँदा कसरी पठाइरहनु भएको छ ? पैसा व्यक्ति मार्फत वा हुण्डी कारोबारीसँग पठाइरहनु भएको त छैन ? याद राख्नुस्, त्यसरी पैसा पठाउनु असुरक्षित मात्र होइन, गैरकानुनी पनि हो । विदेशमा रगत पसिनासँग साटेर, खाइनखाई बचाएर राखेको पैसा कसैले खाइदेला । त्यसैले पैसा पठाउँदा सुरक्षित तरिकाबाट मात्र पठाउनु पर्दछ । पैसा कसरी सुरक्षित घर पठाउने यस सम्बन्धी जानकारी अवश्यक राख्नुहोस् । वैदेशिक रोजगार विभागले विदेशबाट नेपालमा पैसा पठाउने तरिकाहरु सम्बन्धी जानकारी आफ्नो वेवसाइटमा पनि दिएको छ । विभागका अनुसार विदेशबाट नेपालमा पैसा पठाउन के के तरिकाहरु यसप्रकार छन् :

विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ ।
रेमिटेन्स कम्पनीका उदाहरणहरु Western Union : Money Transfer, IME, Money Gram आदि हुन् र बैंक खाता भन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ ।

रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्‍त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ ।

फाराममा पैसा प्राप्‍त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्‍त गर्न सकिन्छ ।

बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्‍त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तराष्‍ट्रिय सञ्‍चाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्‍त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तराष्‍ट्रिय कोड जसलाई स्विफ्ट कोड SWIFT (Society for Worldwide Interbank Financial Telecommunication) Code भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ ।

पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

वि.सं.२०७६ माघ ७ मंगलवार १६:५३ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...