माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ संशोधन भएको छ ।
शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौं संशोधन २०७६ असोज १३ गते भएको हो ।नियमावली संशोधन भएसँगै अब स्थायी शिक्षक सेवा आयोगको पाठ्यक्रम २०० पूर्णांकको भएको छ । यस अन्तर्गत स्थायी शिक्षक हुनका लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ ।
दशौं संशोधन भएसँगै अब पहिलो चरण (वस्तुगत) परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरु मात्र अब अर्को चरणको परीक्षामा सहभागी हुन पाउने भएका छन् । दशौं संशोधन हुनुअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो ।
शिक्षक सेवा आयोग २०५७ को दशौं संशोधनको विवरण :
वि.सं.२०७६ माघ ८ बुधवार १२:०२ मा प्रकाशित






























