back
CTIZAN AD

बासुले मागे एमसीसी समर्थकसँग यी १४ प्रश्नको उत्तर

वि.सं.२०७६ माघ ८ बुधवार

699 

shares

८ माघ, काठमाण्डौं ।  बामपन्थी वुद्धिजीवी तथा विश्लेषक बासु मिश्रले एमसीसी समर्थकहरुले यी १४ प्रश्नको उत्तर दिनुपर्ने बताएका छन् ।

उनले यी १४ प्रश्नको जवाफ पाएमा आफू सहमत भएर एमसीसीकै समर्थनमा उत्रने समेत बताएका छन् ।

के हुन् त मिश्रका १४ प्रश्न

१ -४०० के भी को बिद्युत प्रसारण लाइनको आबस्यकता किन पर्यो, जबकी हामिसँग त्यति बिद्युत उत्पादन नै भएको छैन र आफैलाई आबस्यक पर्ने बिद्युत त उत्पादन भएको छैन भने तत्काल निर्यातको कुरा कसरि आयो ?

२ -परियोजनाको छनौट हाम्रो आबस्यकता अनुसार हुने कि दाताले तिमीहरुको लागि यो गर्नु जरुरी छ भनेर हामीसँगको सल्लाह बेगर नै उनीहरुले मनोमानी ढंगले परियोजना चयन गर्ने हो ?

३-सडक संजाल बिस्तार गर्ने भनेको के हो ? भैरहेको सडकहरुको स्तरोन्नति हो कि, नयाँ सडकको निर्माण हो ? दुवै अवस्थामा यसको प्रारम्भिक अध्ययन र सर्वेक्षण कहाँ भएको छ र भोलीदेखि नै सडकको काम शुरु हुने झैं गरी अनुदान दिन र लिन हतार गरिदैछ ?

४- काठमाडौँबाट सबैभन्दा नजिकको भारतीय सिमानाको बस्ति या त रक्सौल हुन सक्छ या बेतिया र त्यसो भएपछी प्रसारणलाइन तिनै ठाउँमा लगेर टुंग्याउन छोडेर किन चितवनबाट पाल्पा अनि बुटवल हुदै गोरखपुर पुर्याउनु परेको हो ?

५- एमसीसीको परियोजनाले नछोएका जिल्लाहरु जस्तै मुस्तांग , डोल्पा र मुगुमा जग्गा लिजमा खोज्नुको मनसाय के हो ?

६ -अनुदानमा आउने रकम के अमेरिकाको रक्षा मन्त्रालय मार्फत आउने हो ? यदि होइन भने पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय ) को चासो किन ?

७-अनुदान दिने अमेरिका लिने नेपाल भएपछि भारतीय पक्षको सहमतिको अनिवार्यता किन परेको हो ?

८- अनुदानमा आउन लागेको धनराशी अमेरिकी दातृ निकाय युएसएआइडी मार्फत नआएर अलग्गै निकाय मार्फत किन आइरहेको छ ? यसअघि यस्तो कहिल्यै भएको इतिहास छ ?

९ -परियोजनामा नेपालको पनि इक्विटी रहने भएपछि ह्युमन रिसोर्स म्यानेजमेन्टमा, प्लानिंग एण्ड बजेटिंगमा र सुपरभिजन एण्ड इभ्यालुएसन् एक्टिभिटीहरुमा नेपाली पक्षको भूमिकालाइ किन सून्यमा झारिएको हो ?

१०- परियोजनामा काम गर्ने कुनैपनि अमेरिकी कर्मचारीद्वारा जान अन्जानमा कुनै गल्ति, कमजोरी वा अपराध हुन गएमा पनि नेपाली कानुनले छुन नसक्ने इम्युनिटीको माग गरिनुको औचित्य के हो ?

११- एमसीसीसँगको सम्झौताको बुँदा नेपाल सरकारको कानुनको कुनैपनि बुँदासँग बाझिए पनि सम्झौतामा उल्लेखित बुँदा अनुसार नै कार्य सम्पादन हुँदै गर्नेछ र नेपाल सरकारले सम्झौतामा उल्लेख भए बमोजिम आफ्नो कानुनलाई सच्याउनु पर्नेछ या नेपालको कानुन परियोजनामा लागु हुने छैन भन्ने सर्त तेस्र्याउनुको मतलब के हुन सक्ला ?

१२-अमेरिकी पक्षले चाहेमा सम्झौता तुरुन्त खारेज गर्न सक्ने तर नेपालले नसक्ने किन बनाइयो ?

१३ -दाता पक्षले नेपाललाइ यो अनुदान आजै लिउ भोली नै लिउ भन्दै किन उक्साइरहेका छन् ? के यो शंकास्पद बिषय होइन ?

१४- सबैभन्दा महत्वपूर्ण कुरा अहिलेसम्मका आर्थिक सहयोग र ऋण आदिको बिषय कार्यपालिकाले नै अन्तिम टुंगो लगाउने गथ्र्यो र तर यसपटक एमसीसीको अनुदान किन व्यबस्थापिकाबाट पास गराउन आबश्यक ठानियो ?

वि.सं.२०७६ माघ ८ बुधवार ११:४० मा प्रकाशित

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...