back
CTIZAN AD

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग ठेक्का रद्द

वि.सं.२०७६ माघ ९ बिहीवार

780 

shares

९ माघ, बाँके । बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

आर्थिक वर्ष २०७४\७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव पारित गरेको हो । इशा निर्माण सेवाले गाउँपालिकाको वडा नं ६ मा सडक ग्राभेल तथा सुनिता निर्माण सेवाले वडा नं २ मा सडक ढलान तथा नाली निर्माणको ठेक्का सम्झौता गरेका थिए ।

आव २०७४÷७५ मा सम्झौता भएकामा काम सम्पन्न गर्न बारम्वार आग्रह गर्दा पनि अटेर गरेकाले काम सम्पन्न भएको भुक्तानी गरी ठेक्का रद्द गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख इञ्जिनीयर निसार अहमद दर्जीले बताए ।
गाउँपालिका अध्यक्ष रामनिवास यादवले सुखी नेपाल समृद्ध नेपाल र प्रदेश सरकारको सुखी जनता, समृद्ध प्रदेशको मूल नारालाई आत्मसाथ गर्दै गाउँपालिकावासीको सुखी र समृद्धिका लागि विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, महिला बालबालिका ज्येष्ठ नागरिक, दलित तथा जनजातिको समावेशी र सहभागितामूलक योजना तर्जुमा पद्धतिको अवलम्बन गरी प्राथमिकताका योजना छनोट गरी कार्यान्वयन गर्दै आएको उनले बताए ।

गाउँपालिकामा चार दशमलव आठ किलोमिटर पिसीसी ढलान सडक निर्माण, १२ किलोमिटर ग्राभेल, पाँच दशमलव पाँच किलोमिटर नयाँ निर्माण, २०० मिटर कालोपत्र, चार कल्भर्ट, एक दशमलव पाँच किलोमिटर नाला, तीन नयाँ विद्यालय भवन निर्माण र गाउँपालिकाको सभाहल निर्माणलगायतका काम सम्पन्न भइसकेको बताइएको छ ।रासस

वि.सं.२०७६ माघ ९ बिहीवार १०:२३ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...