back
CTIZAN AD

किन दिए निगमका २५ पाइलटले एकैपटक राजिनामा ?

वि.सं.२०७६ माघ १० शुक्रवार

852 

shares

१० माघ, काठमाण्डौं । नेपाल वायु सेवा निगमका २५ पाइलटले सामुहिक राजिनामा दिएका छन् ।

व्यवस्थापनका कारण निगम धराशायी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा र सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामुहिक राजिनामा दिएको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

अन्तरािष्ट्रय उडान भर्ने निगमका चार जहाजको ४० पाइलटमध्ये विहिबार २५ जनाले सामुहिक राजीनामा दिएका हुन् ।

बाइडबडीका तीन र न्यारो बडीका २२ पाइलटसहिथ २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामुहिक राजिनामा बुझाएका हुन् । राजीनामा दिने ती सबै स्थायी पाइलट हुन् । राजिनामा बुझाउने मध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को पाइलट हुन् ।

यी हुन् राजिनामा दिने पाइलट
राजीनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराई रहेका छन् ।

नेपाल वायु सेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक यतिधेरै पाइलटले राजिनामा दिएका हुन् ।

राजीनामा स्वीकृत गर्न तीन महिनाको म्याद रहेको छ भने स्वीकृत भएमा अन्तराष्ट्रिय उडाननै ठप्प हुने बताइएको छ ।

वि.सं.२०७६ माघ १० शुक्रवार ०९:०० मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...