भिन्नभिन्नै विषय भिन्नभिन्नै शिक्षकले अध्यापन गराउने व्यवस्था नै विषय शिक्षण हो । यसमा विषय शिक्षकले आफ्नो दक्षता भएको विषयमात्र अध्यापन गराउँछ । यसमा विभिन्न कक्षाका कुनै एउटा विषय हुनै एक शिक्षकले अध्यापन गर्छ । त्यसैले विषय शिक्षण प्राथमिक तहमा त्यति प्रभावकारी मानिदैँन । विषय शिक्षण माथिल्ला तहका कक्षाहरुका लागि बढी उपयोगी मानिन्छ । नेपालको परिपेक्ष्यमा विषय शिक्षणनै उपयुक्त देखिएको भएपनि हरेक विषयका लागि छुट्टाछुट्टै शिक्षक उपलब्ध गराउन कठिन पनि भएको छ । यस्तो शिक्षणमा प्रत्येक कक्षाका लागि छुट्टाछुट्टै कक्षाकोठा आवश्यक हुन्छ । अध्यापन समयलाई दिनको समय तालिकामा विभिन्न पिरियडमा बाँडेर शिक्षण गरिन्छ । हाम्रो देश नेपालमा यो ढाँचा व्यापक तथा राष्ट्रिय रुपमा नै प्रयोग गरिएको छ ।
यस्ता छन् विषय शिक्षणका सबल पक्षहरुः
१. विषय शिक्षक बढी दक्ष र योग्य हुन्छ ।
२. शिक्षकमा अध्यापन गर्ने आत्मविश्वास बढी हुन्छ ।
३. एउटै मात्र विषय अध्यापन गराइरहँदा त्यो विषयमा ऊ पोख्त हुनसक्छ ।
४. विद्यार्थीको तहअनुसार शिक्षण हुन्छ ।
५. अध्यापन सामग्री तयारी गर्न समय उपलब्ध हुने ।
६. कुनै एउटा विषयको शिक्षक कमजोर भए पनि अरु विषयमा असर नपर्ने ।
७. हाम्रोजस्तो देशमा विषय शिक्षण लागू गर्न सकिने ।
८. विषयगत दक्षताको विकास हुने र यसको कारण सिकाइ सुनिश्चित हुने
९. विषयमा दक्षताकै कारण विविध प्रकारका शिक्षण विधिको प्रयोग हुन सक्ने
१०. शिक्षकलाई आफ्ना विषयमा विकसित भएका नयाँ तरिका , सामग्री र सूचनासँग परिचित हुने मौका प्राप्त हुने ।
११.शिक्षण योजनाको लागि प्रशस्त समय प्राप्त हुने । र
१२. विषय विशेषज्ञको रुपमा शिक्षण हुने हुँदा बढी प्रभाबकारी हुन्छ ।
वि.सं.२०७६ माघ १० शुक्रवार १२:०८ मा प्रकाशित






























