back
CTIZAN AD

अमेरिकामा रहेका झापाका संग्रौला बने राष्ट्रपति उम्मेदवारका तर्फबाट महाधिबेशन प्रतिनिधि

वि.सं.२०७६ माघ १२ आइतवार

834 

shares

१२ माघ,डिसी । अमेरिकाको न्यूहाम्पशायरमा रहेका झापाका प्रशसन्न संग्रौला रष्ट्रपतिका उम्मेदवारका तर्फबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

डेमोक्रेटिक दलका राष्ट्रपतिका उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाईडन पक्षबाट नेपालीमूलका प्रशन्न संग्रौला महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

झापा घर भै हाल अमेरिकाको न्यूह्याम्पशायरमा बस्दै आएका संग्रौला सम्भवत यसरी डेमोक्रेटिक दलको राष्ट्रिय महाधिवेसनमा डेलिगेट (प्रतिनिधि) बन्दै निर्वाचनमा लडेर बिजयी हुने न्यूह्याम्पशायरबाट पहिलो नेपाली भएका छन् ।

उनि डेमोक्रेटिक दलको दोश्रो संसदीय क्षेत्रबाट निर्वा्चित भएका हुन् । उनले आज सम्पन्न न्यु ह्याम्पशायरको राजधानी कन्कर्डमा भएको निर्वाचनमा राज्य सभामुख स्टेफेन शर्टलेफ तथा राज्य सभासद ब्रुस कोहेन लगायतका थुप्रै राजनैतिक हस्तीहरुलाई संग्रौलाले पराजित गर्दै दोश्रो स्थान हासिल गरेका छन् ।

उक्त क्षेत्रबाट ८० को दशक पछि पहिलो पटक दुई पुरुष तथा एक महिला निर्वा्चित भएका छन् । डेमोक्रेटिक दलको राष्ट्रिय सम्मेलन आगामी जुलाई १३ देखि १६ सम्म विस्कनसिनमा हुदैछ । अमेरिकाका विभिन्न राज्यहरुबाट उक्त राष्ट्रिय सम्मेलनको लागि ३९७९ प्रतिनिधि चुनिएर जाने छन् । अब हुने प्राथमिक निर्वाचन(प्राइमरि)मा जो बाईडनले खसेको मतबाट कम्तिमा १५ प्रतिसत ल्याउनु पर्ने हुन्छ ।

१५ प्रतिसत मत पाएमा संग्रौला लगायत अन्य जो बाईडनको पक्षबाट महाधिवेसन प्रतिनिधिको रुपमा डेमोक्रेटिक दलको विस्कनसिनमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन् पाउने छन् ।

संग्रौलालाई बिजयी गराउन उक्त क्षेत्रका नेपाली समुदायले अभूतपूर्व सहयोग गरेका हुनाले संग्रौलाको बिजय सम्भव भएको हो । संग्रौलाले विजय पश्च्यात यस क्षेत्रक सबै नेपाली समुदायलाई बिशेष धन्यबाद दिएका छन् ।

सन् २०१२ देखि नै संग्रौला अमेरिकी डेमोक्रेटिक दलमा स्वयम् सेवकको रुपमा भर्जि्निया र हाल न्यू ह्याम्पशायरमा सक्रिय रुपमा काम गर्दै आई रहेका छन् । न्यु ह्याम्पशायरको राजधानी कनकर्डको मिल ब्रुक बिद्यालयमा निर्वाचन भएको थियो ।

वि.सं.२०७६ माघ १२ आइतवार ०७:३१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...