back
CTIZAN AD

लुटेराको नयाँ उपाय ‘ खुर्सानीको धुलो ’!

वि.सं.२०७६ माघ १३ सोमवार

873 

shares

१३ माघ, काठमाडौँ । लुटेराले लुटपाटका अनेक उपाय लगाउनेक्रममा खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गरेको छ ।

सिन्धुपाल्चोकका बच्चु गुरुङलाई शुक्रबार बिहान एक युवाले फोन गरे । ‘दाइ तपाई पैसा लिएर तुरुन्त काभ्रेथलीको शान्तीधाम नजिकैको ‘ब्याम्बो कटेज’ आउनुपर्याे, सामान रेडी भैसकेको छ ।’एक महिनाअघि मात्रै भेट भएका ती युवाले गुरुङलाई फोनमा भने ।

उनले उल्लेख गरेको ‘सामान’ बहुमूल्य धातु हिरा, पत्थर लगायत थियो । फोनगरेलगत्तै गुरुङ त्यसतर्फ लागे । फोन गरेर बोलाएको कटेज नजिक पुग्दा ६ जनाको समूह बच्चुनजिकै पुगेपछि गुरुङलाई आँखामा खुर्सानीको धुलो हालेर कुटपिट गर्नथाले साथमा रहेको नगद लुटेर तेन्जिङको समूह भाग्यो । राजधानी काठमाडौंको काभ्रेथलीको भगवानपाउ भन्ने ठाउँमा उक्त घटना घटेको हो । उनीहरुमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको कान्तिपुर दैनिकमा छ ।

दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।

रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाका एसपी मुकेशकुमार सिंहले बताए ।

वि.सं.२०७६ माघ १३ सोमवार ०९:३७ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...