back
CTIZAN AD

कोरोना भाइरस नियन्त्रणका लागि हयाम्सले चाल्यो यस्तो कदम 

वि.सं.२०७६ माघ १३ सोमवार

819 

shares

 १३ माघ, काठमाण्डौं । चीनबाट सुरु भएको कोरोना भाइरसले  विश्वका विभिन्न देशमा  त्रास फैलाइरहेको बेला नेपालमा पनि त्यसको संक्रमणबाट बच्न विभिन्न  सचेतना कार्यक्रमहरु सुरु भएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना संक्रमण बढेको पृष्टि भएपछि सरकारले त्यसको रोकथामका सचेतना अपनाउन तथा सरकारीतवरबाट सबै तयारी गर्ने  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबिषमा प्राइभेट अस्पतालहरुले पनि आ–आफ्नो ठाउँबाट  यो भाइरस संक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि विभिन्न  तयारी गरिरहेका छन् ।

यसै सन्दर्भमा धुमबाराहीमा रहेको ह्याम्स अस्पतालले २०१९ (2019-ncov)  को स्क्रिनिङ र इन्फेक्सन कन्ट्रोलको कार्यनीति (सामुदायिक हितको लागि सार्वजनिक गरिएको) जनाएको छ ।

अस्पतालले एक जानकारी दिँदै  भनेको छ ‘यस्तो सम्भावनाको तयारीको निम्ति, बिरामीलाई उचित उपचार गर्दै अस्पतालका कर्मचारी र सर्वसाधारणलाई पनि सुरक्षित राख्न, ह्याम्स अस्पतालमा हामीले यो भाइरस हुन सक्ने सम्भावित बिरामीको यथाशीघ्र स्क्रिनिङ् र समुचित इन्फेक्सन कन्ट्रोलको लागि अस्पतालको प्रोटोकल बनाएका छौं ।’

‘सामुदायिक हितको लागि एकदम महत्त्वपूर्ण भएकोले अस्पतालको व्यवस्थापनले यो प्रोटोकल सार्वजनिक गर्दैछ । हामीले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाको सि डि सि का निर्देशिकाहरूलाई नेपाल वस्तुस्थिति र जोखिमको आँकलन र ह्याम्स अस्पतालका उपलब्ध सेवा र प्रविधि आदिको सन्दर्भमा परिमार्जन (-adapt_ गरेर यो प्रोटोकल बनाएका हौं । अन्य अस्पताल र स्वास्थ्य संस्थाका चिकित्सक र सञ्चालकहरूले यसलाई आफ्नो वस्तुस्थितिका आधारमा परिमार्जन गर्नु परे गरेर अवलम्बन गर्नुहोस् भन्ने हाम्रो सुझाव छ ।’

नेपालमा थप दुई जनामा देखियो कोरोनाको संक्रमण, चीनमा ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

वि.सं.२०७६ माघ १३ सोमवार १०:०१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...