back
CTIZAN AD

खाना बनाउनेदेखि खाना खानेबेला सम्म के-के गल्ती गर्छौ त हामी ?

वि.सं.२०७६ माघ १३ सोमवार

1.3K 

shares

आजको व्यस्त समयमा हामीले के खाइरहेका छौं भन्ने समेत पत्तो पाउँदैनौं । कस्तो खाना खाइरहेका छौं ? त्यो खाना कतिखेर तयार गरिएको हो ? तयार गर्ने मान्छेको अवस्था, खाना बनाउने ठाउँको अवस्था, खाना बनाउने समानको बारेमा पनि हामी कम जानकार हुन्छौं । तपाई हामी मध्ये कतिपयले त खाना खाने समयमा मन एकातिर अनि हात थालतिर पनि पुर्याइरहेका हुन्छौं । त्यसकारण पनि दैनिक जीवनमा विभिन्न समस्याले पीडित भइरहेका हुन्छौं ।

तपाई हामी मध्ये कतिपयले त खाना खाने भनेपछि साबुन पानीले राम्रोसँग हात नधोइ, धारामा हात मात्र थाप्ने गर्छौ, कतिपयले टिभी हेर्देै खाना खाइरेका हुन्छौं त कसैले फोन हेर्दै वा फोनमा कुरा गर्दै खाना खाने गरेका हुन्छौं । तपाई आफै भन्नुहोस् त यसरी खाएको खानाले तपाई हाम्रो शरीरमा कस्तो असर पार्ला ? यी मनन गर्नुहोस् र यस्ता बानी छोड्नुहोस् । किन कि कुनै पनि बेला, कुनैपनि काममा वा कुनैपनि अवस्थामा आफूले के गरिरहेको छु र के खाइरहेको छु भन्ने कुरामा ध्यान दिनु भएन भने त्यसलाई तपाईको शरीरलाई मात्र होइन, तपाईको वरिपरीको वातावरणलाई पनि असर गर्दछ ।

आउनुहोस् जानौ खानालाई कसरी स्वस्थ्य बनाउने ?

चिनी र नुनको मात्रा कम गर्नुहोस्
खादा ट्वाक्क नुनिलो र गुलियो भएन भने हाम्रो मनमा के बिर्सिए जस्तो हुन्छ । त्यसैले पनि हामी खाना बनाउँदा बढी नुन र चिनीको प्रयोग गर्दछौं । तर, चिनी र नुन दुवै हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । खानामा प्रयोग गरिएको अत्यधिक चिनीेले ब्लड शुगर बढाउछ । साथै नुनले पनि तपाईको ब्लड प्रेशर बढाउदछ । यसलाई हृदयरोगको प्रमुख कारण पनि ह मानिन्छ । यसकारण खाना बनाउने समयमा नुन र चिनी कम प्रयोग गर्नुहोस् ।

खाना बनाउँदा तेल कम प्रयोग गर्नुहोस्
आजको व्यस्त जीवनशैली र बजारमा उपभोक्ता हितका लागि सोचेर भन्दा पनि व्यवसायीक हितका लागि बनाइएको समान छ्याप्छ्याप्ती पाइने गर्दछ । तपाईले प्रयोग गरेको तेलको बारेमा जान्नु तपाईको अधिकार पनि हो । तर, नेपालमा अहिलेसम्म उपभोक्ताले प्रयोग गर्ने प्रत्येक खाद्यवस्तुको बारेमा जानकारी कमै पाइन्छ । त्यसकारण पनि तपाईले तेल प्रयोग गर्दा राम्रो र कम प्रयोग गर्नु राम्रो हुन्छ । साथै एकपटक पकाएको तेलमा पटक–पटक पकाउने बानी आजैबाट छोड्नुहोस् त्यसले फाइदा गर्दैन । यस्तो गर्दा तेल त नराम्रो हुन्छ नै साथसाथै तपाईको खानामा भएको पोषक तत्वपनि यसले नष्ट गरिदिन्छ ।

मैदा भन्दा पनि आँटाको प्रयोग बढाउनुहोस्
रोटि खाने गर्नु भएको छ भने, मैदा भन्दा पनि आँटाको बढी प्रयोग गर्नुहोस् । राम्रो र स्वस्थ्यवद्र्धक तरिकाले तयार गरिएको रोटिले तपाईको शरीरलाई धेरै राम्रो गर्छ । यसले धेरै प्रकारका रोगहरुबाट पनि बचाउँछ । साथै मैदाबाट बनेका अन्य खाना पनि कम प्रयोग गर्नुहोस् ।

खाना धेरैपटक तातो बनाएर खाने बानी छोड्नुहोस्
यदि तपाई एकैपटक पकाएर एउटै भाडामा त्यहि खाना पटक–पटक तताउँदै खाने गर्नुभएको छ भने त्यो तपाईको स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसकारण थोरै पकाएर खानुहोस् तर बासी खाना राखेर पटक पटक तताएर खाने बानी छोड्नुहोस् । मिल्छ भने कहिले पनि पकाएको खाना दुई घण्टा भन्दा बढी नराख्नुहोस् ।

तरकारी धेरैबेर नपकाउनुहोस


यदि तपाईले कुनै पनि तरकारी धेरैबेर पकाउनुहुन्छ भने त्यो बानी छोडिहाल्नुहोस् । यस्तो गल्तीले धेरै मानिसहरु विरामी पर्ने गर्छन् । किनकि, आवस्यक भन्दा धेरैबेर तरकारी पकाउने गर्नाले त्यसमा भएको पोषक तत्व हराउने र स्वादमा पनि फरक पर्दछ । तर, तरकारी या सागलाई केहीबेर पानीमा डुबाएर पटक–पटक धोएर मात्र खाने बानी गर्नुहोस् । काँचै खान मिल्ने हरियो तथा मौसमी तरकारीलाई सक्नुहुन्छ भने सफासँग धोएर काँचै खाने बानी गर्नुहोस् । साथै फलफूलमा पनि जोड दिनुहोस् ।

कसरी आकर्षित गर्ने अरुलाई आफूतिर ?

वि.सं.२०७६ माघ १३ सोमवार १८:२८ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...