back
CTIZAN AD

मंगलबार भगवान गणेशको दर्शन गरे हुन्छ यी राशिका लागि शुभ

वि.सं.२०७६ माघ १४ मंगलवार

1.4K 

shares

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े
सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, वा, वि, वु, वे, वोे
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ  ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, हो
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम बिग्रन सक्छ। पछिका लागि लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। पहिले आक्षेप लगाउनेहरूले समेत समर्थन गर्न थाल्नेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढिएका शुभचिन्तकहरू नजिकिन सक्छन्।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डोे
परिश्रमको फल प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विशेष अवसर प्राप्त हुनुका साथै नाम, दाम र इनाम हातलागी हुने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पछिसम्मका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ।

कन्या राशि – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतले जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले महत्त्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ।  मिहिनेत गर्दा सम्मानित स्थान प्राप्त हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ ।

तुला राशि -रा, रि, रु, रे, रो, ता, ति, तु, ते
बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। गोपनीयता बाहिरिनाले समस्या पर्ला। बाध्यात्मक परिस्थितिले सताउन सक्छ। अरूका काममा अमूल्य समय खर्चनुपर्ला ।

वृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, युे
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि पनि भोगविलासका वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। वादविवादले घर९गृहस्थीमा समस्या निम्त्याउन सक्छ। तापनि, प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु राशि – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापार तथा अर्थलाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ  ।

मकर राशि – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। चिताएका काम सम्पादन हुनेछन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, दा
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि उपलब्धि गुम्न सक्छ, सजग रहनुहोला। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साइनो गाँस्नेहरूले अप्ठ्यारो पार्न सक्छन्। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

२०७६ माघ १४ गते मंगलबार
उपप्रा, लक्ष्मीप्रसाद बराल फलितज्योतिषाचार्य ९८४१३५२१६४

हेर्नुहोस् यस्तो छ तपाईको आज(माघ १३ गते) को राशिफल

वि.सं.२०७६ माघ १४ मंगलवार ०७:१६ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...