back
CTIZAN AD

गाडीको प्रदूषण परीक्षण गराउदा मैले भोगेको सास्ती

वि.सं.२०७६ माघ १४ मंगलवार

1.2K 

shares

सोमबार यातायात कार्यालय पुगेर सवारी प्रदूषण परीक्षणको काम गराउँदा भोगेका व्यक्तिगत अनुभवहरु तपाईहरु समक्ष सेयर गर्न चाहान्छु ।

दुई घण्टा प्रदूषण परिक्षण गराउने गाडीहरूको लाईनमा बसेर पालो कुर्दा र काम सकेर आउँदासम्म भोगेका कुराहरुको नालीबेली तल उल्लेख गरेको छु ।

१-२ घंटा प्रदूषण परिक्षण गराउने गाडीहरूको लाईन लागेर पालो कुरियो ।

२- प्रदूषण परीक्षण कक्षमा पुगेर प्रदूषण स्टिकरका लागि शुल्क तिर्न लाईन लागेको । प्रदूषण स्टिकरको म्याद सकिनुअघिको स्टिकर शुल्क ३५\-, म्याद सकिएको ७ देखि १ महिनासम्म थप रू १०० जरिवाना र १ महिना नाघेपछि रू ११०५ प्रदूषण शुल्क लाग्ने रहेछ ।

४-त्यहाँ जरिवानासहित रू ११०५ तिरेर प्रदूषण परीक्षणमा लाईन लागेर परीक्षण गराईयो ।

५- त्यसपछि जरिवाना तिर्न भर्नुपर्ने अलग्गै फाराम किन्न अर्को ठाउँमा महानगरपालिकाले राखेको निवेदन फारम बिक्रीकक्षमा लाईन लागेर रू १०\-फाराम किनियो ।

६- जरिवानाको निवेदनसाथ रू १०\- को हुलाक टिकट टाँस्नुपर्ने रहेछ, टिकट बिक्री बुथमा लाईन लागेर रू १०÷– को टिकट किनियो ।

७. जरिवाना निवेदन फाराममा टिकट टाँसेपछि फाराम भरेर सो निवेदन माथि तोकआदेश लगाउन अर्को तोक कक्षमा लाईन लागेर तोक लगाइयो ।

८-तोक लगाएको निवेदन लिएर अर्को स्टिकर बितरण कक्षमा गई लाईन लागेर स्टिकर निकाशा गरियो ।

९- प्राप्त स्टिकर प्रमाणित गराउन अर्को कक्षमा गएर प्रमाणित गराई स्टिकर हात पारियो ।

१०- सो स्टिकर आफूले लिएर गाडीको सिसामा टाँसियो ।

यतिका दशक चरण पार गरेर घंटौ यता र उत्ता हुत्तिदै कुद्दै प्रदुषण परीक्षण गराउनुपर्ने, शुल्क तथा जरिवाना तिर्ने र अन्त्यमा प्रदूपण पास स्टिकर निकाशा हुँदो रहेछ ।

यसबाहेक एकै दिनमा ३-४ ठाउँमा बाटा–बाटामा ट्राफिक प्रहरीले गाडी रोकेर लाईसेन्स देखाउ, कागजपत्र देखाउ, ब्लुबुक देखाउ भन्दै मागेर सबै ओल्टाईपल्टाई हेरेर बल्ल जानुस् भन्दै जनतालाई दिईरहने ‘सुख सुबिस्ता’ त के कुरा गराई भयो र !

त्यसैले, ’द्विमत’ छैन, पक्कापक्की समृद्धि आयो आयो हाम्रो नेपालमा, यहाँ अहिले दुईतिहाँईको बामपन्थी संघीय गणतन्त्रामक सरकार जो छ ! जनतालाई यसरी पैसा तिर्न जाँदा पनि ‘झन्झट नदिई, सुखै सुख’ दिने यस्तो सरकारलाई जति ‘नमन’ गरे पनि खै के पुग्ला र !

उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्

सबैले बुझ्नुपर्छ एमसीसीका यी १७ कुरा

वि.सं.२०७६ माघ १४ मंगलवार ०८:५१ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...