back
CTIZAN AD

आत्मरक्षा तालिम सबैको लागि आवश्यकः सदस्य सचिव सिलवाल

वि.सं.२०७६ माघ १४ मंगलवार

885 

shares

१४ माघ, काठ्माण्डौ
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पुर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औल्याउनु भएको छ । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापनमा प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै वहाँले यस्तो बताउनुभएको हो ।

सदस्य सचिव सिलवालले सेल्फ डिफेन्सले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । सेल्फ डिफेन्सको कला प्रद्र्धशनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैलाई मजबुत बनाउनेमा बिश्वास दिलाएको जिकिर गर्नुभयो । दशरथ रंगशालाको कवर्ड हलमा भएको समापन सत्रमा सम्मेलनका लागि नेपाल आउनु भएका अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स एशोसियसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टरले नेपालमा निमन्त्रणा गरेर प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफु निक्कै हर्षित र कृतज्ञ रहेको बताउनुभयो । समापन सत्रका कै क्रममा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स संघलाई अन्र्तराष्ट्रिय आबद्धता समेत प्रदान गर्नुभएको संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गर्नुभयो । त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदद्धारा सम्मान गरिएको महासचिव श्रेष्ठले जानकारी दिनभयो । बिभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स प्रशिक्षकको सहभागिता रहेको सो कार्यक्रममा ग्राण्ड मास्टरले बिभिन्न तहको प्रमाण पत्र प्रदान गर्नुभयो । कार्यक्रममा संघलाई सहयोग गर्ने दर्जन बढी बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रद्धारा संघले सम्मान गरेको छ ।

माघ ०८ गतेबाट शुरु भएको अन्र्तराष्ट्रिय सम्मेलनका क्रममा काठ्माण्डौ, पोखरा तथा तनहुँका बिभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भई सकेका छन् । कार्यक्रमको औचारिक समापन आज भएपनि जनकपुरमा मंगलबार र बुधकार तालिम संचालन गरिने संघले जनाएको छ । यसअघि सन् २०१७ मा सोलुखुम्बुमा प्रथम अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

वि.सं.२०७६ माघ १४ मंगलवार ११:१६ मा प्रकाशित

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...