back
CTIZAN AD

कोरोना भाइरसका कारण १ सय ६ जनाले ज्यान गुमाए, ४ हजार बढी संक्रमित

वि.सं.२०७६ माघ १४ मंगलवार

774 

shares

१४ माघ, काठमाडौं । कोरोना भाइरसका कारण चीनको वुहानमा मात्र १ सय ६ जनाले ज्यान गुमाइसकेका छन् । करिव ४ हजार जना संक्रमित भएकामा ५ सय जनाको अवस्था गम्भीर छ ।

राजधानी बेइजिङमा समेत कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । मृतक ५० बर्षीय ती पुरुषको अन्य विवरण खुलाइएको छैन । हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ । कोरोनाको उद्भव बिन्दु मानिएको वुहानमा आइतबारदेखि निजी गाडी संचालनमा पनि प्रतिबन्ध लगाइएको छ । कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ ।

चीन भन्दा बाहिर झण्डै डेढ दर्जन मूलुकमा ४७ जना कोरोनाबाटै संक्रमित भएको बीबीसीले उल्ले गरेको छ । चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४७ जनामा संक्रमणको पुष्टि भएको छ ।

वि.सं.२०७६ माघ १४ मंगलवार ११:१३ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...