back
CTIZAN AD

मन्त्र र शरीरको लचकपन

वि.सं.२०७६ माघ १५ बुधवार

1.1K 

shares

हाम्रो शरीर जति अक्कड वा रिजिड हुन्छ त्यति हाम्रो दिमाग र सोच अक्कड हुन्छ । हठयोगले शरीरलाई लचकदार बनाउछ । फलस्वरूप दिमाग र सोच पनि लचकदार बन्छ । कुनै कुरालाई त्यसको सत्य र यथार्थमा देख्न सकियो भने मात्र त्यसबारेमा सही समाधानका उपाय निकाल्न सकिन्छ ।

के तपाई पलेटी मारेर आधा घंटा चुपचाप आँखा चिम्म गरेर ध्यानमा बस्न सक्नुहुन्छ ?

के तपाई उभिएर कुप्रिदा घूँडा नमोडी दुबै हातले दुबै खुट्टाका बूढी औला सजिलैसंग छुन सक्नुहुन्छ ? यदि सक्नुहुन्छ भने तपाईको शरीर, दिमाग र सोच पनि लचकदार छ, हैन भने अक्कड छ ।

शरीर र दिमाग बीचमा सिधा सम्बन्ध हुन्छ । त्यसैले हठयोग मार्फत शरीर मात्र हैन, सोच पनि सही र लचकदार बनाउन सकिन्छ ।

लचकदार दिमाग हुनेहरू बिषयलाई मर्ममैं प्रहार गर्ने तिक्ष्ण क्षमता राख्छन् । सही र सत्यको कठोर शब्द बाण हाने पनि ती मनमा भने शान्त र आनन्दित हुने गर्छन् ।

संस्कृत ग्रन्थका केही श्लोक दैनिक पाठ गर्ने हो भने मानसिक र शारिरीक धेरै रोगबाट स्वत ः मुक्त हुन सकिन्छ । भगवद गीता, रामायण, महाभारत, वेदका श्लोकहरू मन्त्र हुन् । मन्त्र भनेको जिवनउर्जा प्रणालीलाई सक्रिय बनाउने खास उद्देश्यबाट रचित ध्वनियुक्त वाक्य हुन् । बिज्ञान र प्रविधि भएकोले मन्त्रको अर्थ बुझिरहनु पर्दैन ।

तर, प्रभावकारिताका निम्ति मन्त्रोच्चारण शुद्ध हुनुपर्छ । मन्त्र भनेको ध्वनि भौतिक बिज्ञान र प्रविधि हो । मन्त्र विभिन्न उपयोगी ध्वनिका खास अक्षरहरू संयोजन गरेर निर्माण गरिने हुनाले त्यसको असर पनि त्यही अनुसारका उद्देश्य प्राप्तिमा पर्छ । जसरी बिज्ञानका कसैले कुरा बुझे पनि, नबुझे पनि त्यसको असर जहिलै पनि त्यही हुन्छ, कुनै फरक पर्दैन, त्यही मन्त्र बिज्ञानमा पनि लागू हुन्छ । तर मन्त्रको अर्थ पनि बुझियो भने मनमा सकारात्मक भावना र विश्वास जाग्ने र त्यसरी मन्त्रोच्चारण गर्दा मनमा मिठास आउने हुनसक्छ । तर मन्त्र नबुझी पाठ गरे पनि असर उही हुन्छ ।

त्यसकारण, मन्त्र भनेको बिज्ञान र प्रविधि भएकाले बिश्वका जताका, जुन भाषा, धर्म, संस्कृति वा आस्थाका मानिसले पनि संस्कृत मन्त्रोच्चारण गरेर लाभ लिनसक्छ । मन्त्र संस्कृत भाषामा मात्र हुन्छ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

गाडीको प्रदूषण परीक्षण गराउदा मैले भोगेको सास्ती

वि.सं.२०७६ माघ १५ बुधवार ०९:२६ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...