१५ माघ, बेलायत । नेपाली समाज इस्ट मिडल्याण्ड नटिङघमको अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् ।
जनवरी २७ मा भएको समाजको छैटौं अधिबेशनले समाजसेवी, व्यवसायी तथा क्रिकेटर सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
सापकोटाले ११८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिद्धन्द्धी शम्भु अर्यालले ८४ मत प्राप्त गरेका थिए । कुल २३४ मतदातामध्ये २०१ मत खसेको थियो ।
त्यस्तै समाजको उपाध्यक्षमा रामप्रसाद पन्थी र अर्चना हमाल, महासचिवमा रबिन्द्र शर्मा, सचिवमा लोकनाथ अधिकारी, कोषाध्यक्षमा मुकुन्दहरि खराल, सहकोषाध्यक्षमा वीरेन्द्र (रेशम) खड्का निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा सूर्य बस्नेत, कुमार भुजेल, यज्ञ डुम्रे, अर्जुन सापकोटा, लक्ष्मण भण्डारी, विजया (मीना) सापकोटा, पदम गोले, कृष्ण सापकोटा, रमेश पौडेल, उपेन्द्र सापकोटा र रवि गिरी रहेका छन् ।

अध्यक्षमा निर्वाचित सापकोटा खेलप्रेमी र युवाहरूलाई समाजको मूलधारका सम्बाहक बनाउनुपर्छ भन्ने सोँच राख्ने व्यक्ति हुन् । उनी मिडल्याण्डमा क्रिकेट लिग स्थापना गराउने सफल व्यक्ति हुन् ।
एनआरएनए यूकेका पूर्वसचिव तारानाथ भण्डारी संयोजक तथा विष्णु चालिसे सहसंयोजक रहेको निर्वाचन कमिटीले निर्वाचन सम्पन्न गराएको थियो भने नेपाली समाज नटिङ्गम युकेका संस्थापक अध्यक्ष रणबहादुर केसीले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

विगत १० वर्षदेखि नोटिङघममा बस्दै आएका सापकोटाले समाजको उपाध्यक्षमा रहेर सफल कार्यकाल पूरा गरेको बताउँदै संस्थाको कतिपय बाँकी कामलाई पूरा गर्न अध्यक्षमा आफूले उम्मेदवारी दिएको र त्यो काम पूरा गर्नका लागि अवसर दिनुभएका सबैमा धन्यवाद व्यक्त गरेका छन् ।
वि.सं.२०७६ माघ १५ बुधवार १४:५८ मा प्रकाशित



























