back
CTIZAN AD

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प

वि.सं.२०७६ माघ १५ बुधवार

864 

shares

१५ माघ , हवाना ।  जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन ।

भूकम्पको धक्का मेक्सिकोदेखि अमेरिकाको फ्लोरिडासम्मको विशाल क्षेत्रमा अनुभव गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु जमैकाको १३९ किमी टाढा उत्तरपश्चिम मोन्टेगो बे क्षेत्रमा केन्द्रित रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार अपराह्न २ः१० बजे गएको थियो । भूकम्प समुद्रको भित्री सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

क्युबाको राष्ट्रिय भौगर्भिक सेवाका प्रमुख डा एनरिक आराङ्गो आरियासले क्युबामा कुनै गम्भीर क्षतिको खबर प्राप्त नभएको बताए ।

उक्त भूकम्पका शक्तिशाली परकम्पहरु केम्यान द्वीपमा पनि अनुभव गरिएको थियो । यी परकम्पहरु करिब ६.१ म्याग्नीच्यूडसम्मका रहेका थिए । लगातारका परकम्पका कारण स्थानीय विद्यालयहरु बुधबार बन्द गरिएका छन् ।

वि.सं.२०७६ माघ १५ बुधवार १५:०४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...