back
CTIZAN AD

राजविराजमा बुद्ध एयरको दैनिक उडान

वि.सं.२०७६ माघ १९ आइतवार

711 

shares

१९ माघ, राजविराज । पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ ।

एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई रु दुई हजार ५०० न्यूनतम भाडादर कायम गरिएको छ ।

पहिलो उडान लिएर राजविराज ओर्लेको विमानस्थलका चालक दल सहित यात्रुलाई शनिबार सप्तरी उद्योग वाणिज्य सङ्घ र राजविराज नगरपालिकाले स्वागत गरेका थिए । पर्यटकको आवागमनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र आर्थिक वृद्धि हुने सङ्घका अध्यक्ष अरुण प्रधानले बताए । सो अवसरमा राजविराज धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शहर भएकाले यहाँ उडान थप हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।

राजविराज विमानस्थलमा सो एयरलायन्सले दैनिक उडान सेवा शुरु गरेसँगै यात्रुलाई राहत मिल्ने विश्वास गरिएको छ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई थप हवाई सुविधा पुग्ने कम्पनीका प्रवक्ता रुपेश जोशी जानकारी दिए ।

उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समयतालिका निर्धारण गरिएको स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताए । कम्पनीका अनुसार काठमाडौँबाट राजविराजको उडान अवधि करीब ३५ मिनेटको हुनेछ ।

राजविराज विमानस्थल तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेका थिए । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माणकार्य सम्पन्न भएसँगै विसं २०७५ जेठ १० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । ६० मिटर चौडाइ तथा ९० मिटर लामो एप्रोन रहेको राजविराज विमानस्थलमा ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी वे रहेको छ ।

यहाँबाट छिन्नमस्ता, वराहक्षेत्र, कोशीटप्पु, सलहेश बहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिने जनाइएको छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ ।
यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा छ । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने जानकारी दिइएको छ ।

वि.सं.२०७६ माघ १९ आइतवार १०:१७ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...