१९ माघ, काठमाडौँ । जेरी भर्घिज ग्लोबल रिक्रुटमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
महाराजगन्ज स्थित उक्त कम्पनीले एकाउन्टेन्टमा २, फ्रन्ट डेक्स् अफिसरमा ५ र ड्राइभरमा २ जना पुरुष कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले फोनः ०१–४३७३०९९, ९८०१०४५२८२ वा ईमेलः account@skyoverseas.com मा सम्पर्क गर्न सकिने छ ।
यसैबिच बौद्ध स्थित सुन्ताखान बचत तथा ऋण सहकारी संस्था लिमीटेडले पनि बजार अधिकृतमा १, बजार प्रतिनिधिमा १० जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
थप जानकारीका लागि फोन नं. ०१–५१५५०९८, ९८५११३४५२३ मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।
त्यसैगरि, न्यूरोड स्थित एक सहकारी संस्थाले पनि ऋण प्रबन्धकमा १, बजार पर्यवेक्षकमा १, बजार प्रतिनिधिमा ५ जना कर्मचारीको माग गरेको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र आफैँ उपस्थित हुनुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२३३८७७, ९८०१८५४००३ वा ईमेलः raisha.joshi123@gmail.com मा सम्पर्क गर्नु सकिने जनाएको छ ।
वि.सं.२०७६ माघ १९ आइतवार १०:२८ मा प्रकाशित





























