back

गाम्बियाका राष्ट्रपतिद्वारा निर्वाचन परिणाम अस्विकार

वि.सं.२०७३ मंसिर २६ आइतवार

594 

shares
GLOBAL IME AD
NTC AD

२६  मङ्सिर,बान्जुल (गाम्बिया)। गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने बताउनु भएको छ ।

उहाँले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको हो ।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले चुनावका क्रममा अनियमितता भएकाले निर्वाचनको परिणाम स्विकार्न नसकिने स्पष्ट पार्नु भएको हो ।

“मैले स्वतन्त्र निर्वाचन आयोगप्रति पूर्ण विश्वास गरेको र इमान्दार छ भन्ने ठानेको थिएँ, तर त्यस्तो भएन, निर्वाचनका क्रममा केही गलत र पक्षपातपूर्ण काम भएको छ, उहाँले वक्तव्यमा भन्नुभएको छ ।

राष्ट्रपति जम्मेहले जोड दिँदै भन्नुभयो, “म फेरी दोहोर्याएर भन्न चहान्छु, अहिले जे भएको छ, त्यसको आधारमा म मतपरिणाम स्वीकार गर्न सक्दिन, यहाँ स्विकार्नेै नसिकने गल्ती भएको छ ।”

उहाँले यस निर्वाचनलाई देशको इतिहासमै सबैभन्दा शंकास्प्रद निर्वाचनको संज्ञा दिँदै आफ्ना प्रतिश्पर्धीले भन्दा धेरै भोट आफुले ल्याएको दावी गर्नु भएको छ ।

अफ्रिका महादेशको सबैभन्दा सानो २० लाख भन्दा कम जनसंख्या भएको देश गाम्बियामा २२ वर्षअघिदेखि जम्मेहले सत्ताको नेतृत्व गर्दै आउनुभएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर २६ आइतवार ०६:४५ मा प्रकाशित

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

बेइजिङ  । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू...