back
CTIZAN AD

गाम्बियाका राष्ट्रपतिद्वारा निर्वाचन परिणाम अस्विकार

वि.सं.२०७३ मंसिर २६ आइतवार

930 

shares

२६  मङ्सिर,बान्जुल (गाम्बिया)। गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने बताउनु भएको छ ।

उहाँले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको हो ।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले चुनावका क्रममा अनियमितता भएकाले निर्वाचनको परिणाम स्विकार्न नसकिने स्पष्ट पार्नु भएको हो ।

“मैले स्वतन्त्र निर्वाचन आयोगप्रति पूर्ण विश्वास गरेको र इमान्दार छ भन्ने ठानेको थिएँ, तर त्यस्तो भएन, निर्वाचनका क्रममा केही गलत र पक्षपातपूर्ण काम भएको छ, उहाँले वक्तव्यमा भन्नुभएको छ ।

राष्ट्रपति जम्मेहले जोड दिँदै भन्नुभयो, “म फेरी दोहोर्याएर भन्न चहान्छु, अहिले जे भएको छ, त्यसको आधारमा म मतपरिणाम स्वीकार गर्न सक्दिन, यहाँ स्विकार्नेै नसिकने गल्ती भएको छ ।”

उहाँले यस निर्वाचनलाई देशको इतिहासमै सबैभन्दा शंकास्प्रद निर्वाचनको संज्ञा दिँदै आफ्ना प्रतिश्पर्धीले भन्दा धेरै भोट आफुले ल्याएको दावी गर्नु भएको छ ।

अफ्रिका महादेशको सबैभन्दा सानो २० लाख भन्दा कम जनसंख्या भएको देश गाम्बियामा २२ वर्षअघिदेखि जम्मेहले सत्ताको नेतृत्व गर्दै आउनुभएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर २६ आइतवार ०६:४५ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...