back
CTIZAN AD

कोरोना भाइरसको विरामी निको भएर घर फर्कदै, मकाउले पनि पुष्टि गर्यो

वि.सं.२०७६ माघ २३ बिहीवार

1.2K 

shares

२३ माघ, मकाउ । विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य आपतकाल घोषणा गरेको कोरोना भाइरसका विरामी अस्पतालमा निको भएर डिस्चार्ज गरिएका जानकारी प्राप्त भएका छन् ।

मकाउको समाचार संस्था मकाउ विजनेश डटकममा नेल्सन मौराले स्थानीय स्वास्थ्य अधिकारीलाई उदृत गर्दे लेखेको समाचार अनुसार मकाउमा कोरोना भाइरस पीडित एक व्यक्तिलाई अस्पतालको उपचारपछि पुर्णरुपमा निको बनाएर घर पठाइएको छ ।

चीनको वुहानकी ५२ वर्षीय ति विरामी जनवरी २१ मा उच्च गतिको रेल चढेर मकाउ पुगेकी थिइन् । जनवरी २१ मै अस्पताल भर्ना गरिएकी उनी झण्डै आधा महिनाको सघन उपचारपछि घर फर्कन सक्ने बनेकी थिइन् । उनको पछिल्लो चेक जाँचमा भाइरसका लक्षण र प्रभाव पूर्णत हटेपछि चिनियाँ स्वास्थ्य आयोगको मापदण्ड अनुसार उनलाई डिस्चार्ज गरिएको थियो ।

मकाउको स्वास्थ्य व्युरोका अनुसार कोरोना भाइरस पीडित ९ मध्ये ६ हुवेइ प्रान्त र ३ जना मकाउवासी रहेको पृष्टि भएका थिए ।

यो पछिल्लो समाचारले कोरोना उपचारको सफलता र नियन्त्रण सम्बन्धी सकारात्मक संकेत देखाएको छ ।

कोरोना भाइरसका कारण मकाउमा रहेका नेपालीमा पनि त्रास बढिरहेका बेला मकाउ सरकारले कोरोना भाइरस पीडितको उपचारमा पाएको सफलताले केही हदसम्म कोरोना भाइरस संक्रमणको त्रास कम भएको नेपाल चेम्बर्स अर्फ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापा मगरले संसारन्युजलाई बताएका छन् । उनले अहिले सम्म मकाउका कुनै पनि नेपालीमा कोरोना भाइरसको प्रभाव नभेटिएको समेत बताए ।

कोरोना भाइरसको संसारैभरी त्रास, के भन्छन् त मकाउमा कार्यरत नेपाली ?

वि.सं.२०७६ माघ २३ बिहीवार १६:१२ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...