back
CTIZAN AD

नागरिकको लगानी राष्ट्र निर्माणमा – मुख्यमन्त्री पोखरेल

वि.सं.२०७६ माघ २३ बिहीवार

888 

shares

२३ माघ, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँलाई शपथग्रहण गराउँदै मुख्यमन्त्री पोखरेलले नागरिकको लगानी सही ठाउँमा प्रयोग हुने गरी पूर्वाधार विकासका काम अगाडि बढाउनुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले नेपालीहरु किनमेलका लागि भारतीय बजारमा जाने प्रचलनको अन्त्यका लागि सीमा नाकाका शहरमा व्यावसायिक महल बनाउन आवश्यक रहेको धारणा राखे । “अब किनमेलका लागि नेपाली भारत जाने होइन, भारतीय नेपालमा आउने वातावरण बनाउनुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले राज्यको सम्पत्ति राज्यकै काममा प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताए । “प्रदेश योजना आयोगले लगानी सम्मेलनसँग जोडिएर आयोजना पहिचान गरिरहेको छ, त्यो सन्दर्भमा आफ्नो सहभागितालाई परिणाममुखी बनाउन जरुरी छ, यसको अगुवाइ पूर्वाधार विकास प्राधिकरणले गर्नुपर्छ”, उनले भने ।

प्रदेश प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैयाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सँगालेका अनुभवका आधारमा प्रदेशको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । यही माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनीयर मजगैयाँलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७६ माघ २३ बिहीवार १६:११ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...