back
CTIZAN AD

बाँकेमा लागुऔषधको कारोवार दिनप्रतिदिन बढ्दै

वि.सं.२०७६ माघ २३ बिहीवार

900 

shares

२३ माघ, बाँके । बाँकेमा लागुऔषधको कारोवार दिनप्रतिदिन बढ्दै गएको छ । नेपालबाट गाँजा, चरेस भारतमा लैजाने र भारतबाट बनिबनाउ लागुऔषध जमुनाह नाका हुँदै नेपाल ल्याउने गिरोह नै रहेको प्रहरीको भनाइ छ ।

ठूलो गिरोहलाई बाँके प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । बाँकेमा पछिल्लो चार वर्षमा कर्तव्य ज्यान, कीर्ते र विष सेवनसम्बन्धी मात्रै ५९७ मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताएका छन् ।ओलीका अनुसार बाँकेमा यो आर्थिक वर्षको अहिलेसम्म ७०० लागुऔषधका मुद्दा दर्ता भएका छन् । उनले भने, “दर्ता मुद्दामा एक हजार १२५ नागरिक पक्राउ परेका छन् ।” यसरी पक्राउ पर्नेमा अधिकांश भरिया मात्रै हुने गरेको खुलेको छ ।

नेपालमा अहिले दुई लाखको हाराहारीमा युवाले लागुऔषध प्रयोग गर्दै आएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले यहाँ आयोजित लागु औषधसम्बन्धी एक कार्यक्रममा बताए । लामाका अनुसार लागुऔषधबाट करिब ८० प्रतिशत अप्राकृतिक मृत्यु र ७० प्रतिशत आपराधिक घटना हुने गरेका छन् । हाल नेपालमा लागुऔषधको विश्लेषण ११ दशमलव ३८ प्रतिशतले बढिरहेको बताउँदै नेपालमा १० देखि ४० वर्ष उमेर समूहका ९५ प्रतिशत युवायुवती यसका प्रयोगकर्ता रहेको प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।

लागुऔषध सेवन तथा ओसारपोसारमा ८० प्रतिशत सात देखि १२ कक्षा पढ्ने छन् । यसमा युवतीको सङ्ख्या ४० हजार छ । विशेषगरी लागुऔषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीलाई प्रयोग गर्ने गरेको सरकारी अधिकारीको दाबी छ ।

अवैध लागुऔषध ओसारपसार नियन्त्रण गर्न कानून कार्यान्वयन गर्ने निकाय क्रियाशील रहे पनि अन्तर्राष्ट्रियरूपमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । उनले लागुऔषध प्रयोग र कारोवार नेपालमा जटिल बन्दै गएको बताए । जनसङ्ख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागुऔषध प्रयोगकर्ता र यसका कारोवारीको सङ्ख्यामा वृद्धि भएको छ ।

लागुऔषध कारोवार नियन्त्रणका लागि सरकारले लागुऔषध नियन्त्रण रणनीति, विसं २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना विसं २०७४ अन्तर्गत लागुऔषधसम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान २०७५ शुरु गरेको छ ।

वि.सं.२०७६ माघ २३ बिहीवार १६:०४ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...