back
CTIZAN AD

कोरोनाले विश्वव्यापी महामारी लिन सक्ने भन्दै एनआरएनएले गर्यो यस्तो आव्हान

वि.सं.२०७६ माघ २३ बिहीवार

789 

shares

२३ माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसले विश्वभरी महामारीको रुप लिन सक्ने भन्दै यस महामारीबाट बच्ने उपाय अवलम्वन गर्न चीन लगायत विश्वभरी फैलिएका सबै गैरआवासीय नेपाली र नेपालमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुमा अपिल गरेको छ ।

संघले यस प्रकोपका कारण चीनको उहान प्रान्तमा रहेका नेपालीहरुको उद्धारमा चुनौति आएको बताउँदै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १४० भन्दा बढी नेपालीहरु संग संपर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङ्ग संगको समन्वयमा नेपाल फिर्ता गर्ने संबन्धमा सक्रिय रुपमा कार्य गरिरहेको पनि संघका प्रवक्ता डिबी क्षेत्रीद्धारा विहिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

‘संघका अध्यक्षज्यूले सक्दो सहयोगका लागि संबन्धित सबै पक्षलाई अपिल समेत गरिसक्नु भएको छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ पूर्ण विज्ञप्ति
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुनको लागि हार्दिक आह्वान
केही समय यता चीनको उहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरस (-Novel Corona Virus) को संक्रमणले अहिले अन्तर्रा्ष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको छ । यस भाइरसको संक्रमणबाट चीन लगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भईसकेका छन् । यसले विश्वव्यापी महामारीको रुप लिनसक्ने शंका उत्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ यस भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीरशान्तीको साथै संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछ । साथै यस प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट गर्दछ ।

यस प्रकोपका कारणले चीनको उहान प्रान्तमा रहेका नेपालीहरुको उद्धारको चुनौति आएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १४० भन्दा बढी नेपालीहरु संग संपर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङ्ग संगको समन्वयमा नेपाल फिर्ता गर्ने संबन्धमा सक्रिय रुपमा कार्य गरिरहेको छ ।

संघका अध्यक्षज्यूले सक्दो सहयोगका लागि संबन्धित सबै पक्षलाई अपिल समेत गरिसक्नु भएको छ । संघको स्वास्थ्य सम्बन्धी समितिले यस कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरु माझ जानकारी फैलाउन सक्रिय रहेको छ । यस प्रकोपबाट नेपालको पर्यटन लगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको छ । नेपाल जस्तो कम साधन श्रोत सम्पन्न मुलुकलाई यसले चुनौति थपि दिएको छ ।

यस्तो अन्तर्राष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने र यसका लागि सबै राष्ट्र र संपूर्ण मानव जाति ऐकबद्ध भई लाग्नु पर्ने हाम्रो भनाई हो । अन्तर्राष्ट्रिय रुपमा समन्वयका साथ अघि बढ्न हामी नेपाल सरकार र विश्व समुदाय संग हार्दिक अपिल गर्दछौं ।

यस महामारीबाट बच्ने उपाय अवलम्वन गर्न चीन लगायत विश्वभरी फैलिएका सबै गैरआवासीय नेपाली र नेपालमा रहनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा अपिल गर्दछौं । साथै कुनै आपतकालिन अवस्था आईपरेमा संघको सचिवालय-977-4411530/4426005 email: info@nrna.org तथा स्वास्थ्य समितिका सभापति डा. संजिव सापकोटा email: chair.health@nrna.org  लाई सूचना दिनुहुन अनुरोध छ ।

डि.बि क्षेत्री

प्रवक्ता, अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्

गैरआवासीय नेपाली संघ ।

६ फेब्रुवरी २०२० ।

वि.सं.२०७६ माघ २३ बिहीवार १५:४८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...