back
CTIZAN AD

सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुनेमा प्रधानमन्त्री विश्वस्त

वि.सं.२०७६ माघ २४ शुक्रवार

672 

shares

२४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (साक) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

सार्क सचिवालयको आज भ्रमण गरेर सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्कको १९औँ शिखर सम्मेलन चाँडो हुनेमा आफू ढुक्क रहेको बताए ।

उनले सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको स्पष्ट पार्दै काठमाडौँमा सम्पन्न १८औँ शिखर सम्मेलनले शान्ति, एकता र प्रगतिका लागि गहिरो साझेदारीमा जोड दिएको स्मरण गरे ।

सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सार्कका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्धता जनाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सार्कलाई पुनःजीवन दिन तथा दक्षिण एशियाका जनताको विकासको चाहना पूरा गर्न यसलाई प्रभावकारी माध्यम बनाउन उनीहरुले सहमति जनाएका हुन्

प्रधानमन्त्री ओलीले सार्क क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति हो भन्दै यो क्षेत्रीय सङ्गठन दक्षिण एशियाका जनताको साझा पहिचान भएको बताए । सार्कले दक्षिण एशियाका एक अर्ब ७० करोड जनताको द्रुत आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक प्रगतिलाई प्रतिनिधित्व गरेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले सार्कको संस्थापक तथा हालको अध्यक्ष मुलुक नेपाल दक्षिण एशियाका जनताको सामूहिक हित र सहयोग प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम भएको दोहो¥याउँदै क्षेत्रीय सहयोग नेपालको परराष्ट्र नीतिको उच्च प्राथमिकताको विषय भएको बताए ।

सार्कका महासचिव अमजद हुसेन बी। सियालले सार्कको परिधिभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्न महासचिवका रुपमा निर्वाह गरेको भूमिकाको उनले सराहना गरे । साथै प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको बिरुवा रोप्नुभयो । उनले सचिवालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।

महासचिव सियालले प्रधानमन्त्रीको स्वागत गर्दै सार्कलाई गतिशील तुल्याउन नेपालसहित अन्य सदस्य राष्ट्रबाट आफूलाई निरन्तर सहयोग प्राप्त भएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरे ।

सार्कको १९औँ शिखर सम्मेलन आयोजनामा केही विलम्ब भए पनि सार्कका अन्य गतिविधि निरन्तररुपमा सञ्चालन भएकामा सन्तुष्टि व्यक्त गर्दै उनले आगामी फागुन १७ गतेदेखि आफ्नो कार्यकाल समाप्त हुने जानकारी दिए । उनले नेपालमा दुई पटक सेवा गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै नेपाल र नेपाली जनता सधैँ अविस्मरणीय रहने बताए ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १३:०८ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...