back
CTIZAN AD

एक साता पछि परिवारले शव बुझे

वि.सं.२०७३ मंसिर २६ आइतवार

1K 

shares

२६ मङ्सिर,चितवन  । एक साताअघि उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शव परिवारले आज मात्रै बुझेका छन् ।

चितवन मेडिकल कलेजमा गत सोमबार प्रसूतिका लागि भर्ना भएकी भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि परिवार तथा आफन्तहरु चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।

स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा आज छानबिन समिति गठन गरेपछि परिवारजनले शव बुझेका हुन् ।

समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अच्युत पन्त, भरतपुर अस्पतालको प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकिशोर झा र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ रहेका छन् ।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने संयोजक सुवेदीले बताउनुभयो । परिवारको तर्फबाट वार्ता समितिमा रहनुभएका स्थानीय कान्तिनगर टोल विकास संस्थाका कावा अध्यक्ष केशव कार्कीले घटनाको सत्यतथ्य सार्वजनिक हुने आश्वासनसहित समिति बनेपछि शव बुझ्न परिवार राजी भएको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २६ आइतवार १३:०२ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...