back

एक साता पछि परिवारले शव बुझे

वि.सं.२०७३ मंसिर २६ आइतवार

666 

shares
GLOBAL IME AD
NTC AD

२६ मङ्सिर,चितवन  । एक साताअघि उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शव परिवारले आज मात्रै बुझेका छन् ।

चितवन मेडिकल कलेजमा गत सोमबार प्रसूतिका लागि भर्ना भएकी भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि परिवार तथा आफन्तहरु चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।

स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा आज छानबिन समिति गठन गरेपछि परिवारजनले शव बुझेका हुन् ।

समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अच्युत पन्त, भरतपुर अस्पतालको प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकिशोर झा र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ रहेका छन् ।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने संयोजक सुवेदीले बताउनुभयो । परिवारको तर्फबाट वार्ता समितिमा रहनुभएका स्थानीय कान्तिनगर टोल विकास संस्थाका कावा अध्यक्ष केशव कार्कीले घटनाको सत्यतथ्य सार्वजनिक हुने आश्वासनसहित समिति बनेपछि शव बुझ्न परिवार राजी भएको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २६ आइतवार १३:०२ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...