back
CTIZAN AD

आदिवासीका पक्षमा अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने

वि.सं.२०७६ माघ २८ मंगलवार

657 

shares

अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने उल्लेख छ । 

११ फ्रेबुअरी, २०२० । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ ।

अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने उल्लेख छ ।

अदालतले दुई पुरुष – ब्रेन्डन थाम्स र डेनियल लब – को मुद्दाको सुनुवाई गरेको थियो जो विदेशमा जन्मेका थिए तर उनीहरु आदिवासी जनजाति समुदायका रहेको पहिचान गरिएको थियो ।

थाम्सलाई ५१० दिन अध्यागमनको थुनामा राखिएको थियो । अदालतले आदेश दिएको केही घण्टापछि थाम्सलाई जेलमुक्त गरिएको थियो । उनका वकील क्लेयर गिब्सले अदालतको आदेशका कारण थाम्सलाई सरकारले देश निकाला गर्न नपाउने बताए ।

“ब्रान्डनले पनि अध्यागमनको थुनामा ५०० दिन बिताएका थिए । उनलाई आफू विदेशतर्फ नै निर्वासित हुनुपर्ला भन्ने चिन्ता थियो । मुक्त हुन पाउँदा अदालतलाई धन्यवाद दिएका छन्,” गिब्सले बताए । “उनी आफू रिहा भएकामा अति प्रसन्न छन् र अब परिवारसँग पुनर्मिलन हुन पाउने छन् ।”

कार्यवाहक अध्यागमन मन्त्री एलन टुजले गृह मामिला विभागले यस घटनाबाट प्रभावित हुन सक्ने अन्य मुद्दाको समीक्षा गर्ने बताए । “अदालतले आज एउटा महत्वपूर्ण फैसला सुनाएको छ जुन हाम्रो अध्यागमन कार्यक्रममा प्रभाव पार्नेछ ।”

उन भने, अदालतले “नयाँ वर्गको व्यक्ति” सिर्जना गरेको र त्यस्ता व्यक्ति न अष्ट्रेलियाको नागरिक हो र न गैर–नागरिक नै हो ।

सरकारले सन् २०१८ मा शंकास्पद चरित्रका रहेको भन्दै निर्वासित गर्न खोजेको थियो । उनीहरुले हिंस्रक अपराधको लागि जेल सजाय पाएका थिए । अष्ट्रेलियामा बाल्यकालदेखि नै बसोबास गरेका तर नागरिकता प्राप्त नगरेका आदिवासी व्यक्तिलाई देश निकाला गर्ने सरकारको नीतिप्रति धेरैले आलोचना गर्दै आएका थिए ।

अदालतको आदेशमा अस्ट्रेलियाली आदिवासी आमाका सन्तान ३१ वर्षीय थाम्सको जन्म न्यूजीलैंडमा भएको र उनी अस्ट्रेलियाली व्यक्ति नै रहेको उल्लेख छ ।

थाम्स अष्ट्रेलियामा ६ बर्षको उमेरदेखि नै बसोबास गरिरहेका थिए । उनी गुन्गारी सम्प्रदायका व्यक्ति रहेको र यो सम्प्रदाय अस्ट्रेलियाको आदिवासी समुदायभित्र वर्गीकृत छ ।

तर ४० वर्षीय लब भने आदिवासी नरहेको अदालतले ठहर गरेको छ । तर उनी कामिलोरोए सम्प्रदायका सदस्य रहेको अदालतको भनाई छ । उनको जन्म आदिवासी अस्ट्रेलियाली बुबाबाट पपुवा न्यु गिनीमा भएको थियो । उनी ५ वर्षको उमेरदेखि अस्ट्रेलियामा बस्दै आएका थिए ।

उनका वकीलहरूले लब साँच्चिकै आदिवासी हुन् वा होइनन् भन्ने परीक्षण गरिने बताएका छन् । यो मुद्दाको सुनुवाई पुनः गरिने बताइएको छ ।

लब र थाम्स दुवैलाई असम्बन्धित अपराधका लागि अध्यामन हिरासतमा लामो समयदेखि राखिएको थियो । (रासस(एपी)

वि.सं.२०७६ माघ २८ मंगलवार २०:२८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...