back

कुर्दिस लडाकू समूहले इस्तानबुल बिस्फोट गराएको दावीे

वि.सं.२०७३ मंसिर २७ सोमवार

696 

shares
GLOBAL IME AD
NTC AD

२७ मङ्सिर,इस्तानबुल। टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको बताइएको छ ।

घटनाको जिम्मेवारी टर्कीको कुर्दिस लडाकू समूहले लिएको बताइएको छ ।

सो विस्फोटमा परी २७ प्रहरी अधिकृतको समेत ३८ जनाको मृत्यु भएको बताइएको छ । उक्त घटनामा अन्य करिब १७० जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित गरी सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

राष्ट्रपति रेसेप तैयप एर्डोगानले ट्विटर एकाउण्टमा “हाम्रो संघर्ष जारी छ,” भन्दै घटनामा सम्लग्न दोषीलाई कानूनी कठघरामा उभ्याउने बताउनुभएको छ ।

इस्तानबुलमा पछिल्लो बम आक्रमण गत जुनमा भएको थियो । त्यतिबेला अन्तराष्ट्रिय विमानस्थलमा तीन वटा आत्मघाती बम हमला भएका थिए भने ४५ जनाको मृत्यु भएको थियो ।

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी दर्जनौं मानिसको मृत्यु भएपछि टर्कीमा आइतबार एक दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

विष्पोटपछि राष्ट्रपति एर्डोगानले आइतबारका लागि तय भएकोे आफ्नो काजकिस्तानको भ्रमण स्थगित गर्नु भएको छ । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर २७ सोमवार ०३:०९ मा प्रकाशित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

रियाद । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना...

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पुँच (भारत) । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई...

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार...