back
CTIZAN AD

अपडेट : कुवेतमा निर्माणस्थलमा भएको दुर्घटनामा १३ नेपाली पुरिएको आशंका

वि.सं.२०७६ फागुन १ बिहीवार

777 

shares

१ फागुन, काठमाण्डौं । कुवेतमा निर्माणस्थलमा भएको दुर्घनामा १३ नेपाली पुरिएको आशंका गरिएको छ ।

मंगलबार कुवेतको मुत्ला भन्ने ठाउँ (दूतावासबाट २ घण्टाको दूरी) मा भएको उक्त दुर्घटनामा जमिनमा गहिरो गरी खन्ने क्रममा माथिबाट बालुवाको ढिस्को झरेर १५ भन्दा बढी कामदार च्यापिएको र जसमा १३ जना नेपाली परेको सोहि कम्पनीमा काम गर्र्ने अन्य नेपाली कामदारले बताएका छन् ।

१३ जना नेपालीमा ४ जनाको मृत्यु भइसकेको भन्ने समाचार आएपनि कुवेतस्थित नेपाली दूतावासले त्यसलाई पुष्टि नगरिसकेको एनआरएनए कुवेतका महासचिव दिल पाख्रिनले संसारन्युजलाई बताएका छन् ।

यता दूतावासका द्धितीय सचिव मनोज सिंहसँग दुर्घटनाका बारेमा टेलिफोनमा कुरा गर्दा त्यसमै लागिरहेको र केही समयमा सम्पूर्ण अपडेट गराउने संसारन्युजलाई बताएका छन् ।

मंगलबार दिउँसो २-३ बजेतिर भएको उक्त दुर्घटनामा जमिनमा खन्दै जाँदा ठूलो ढुंगा भेटिएको र त्यहि ढुंगालाई बमले ब्लाष्ट गर्ने समयमा जमिन फाटेर उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुलाई मंगलबार रातिसम्म केही उद्धार गरेपनि केही बाँकी रहेको र उनीहरुको जिवितै उद्धार गर्न सकिने सम्भावना रहेको पनि पाख्रिनले बताएका छन् ।

 

सोहि ठाउँमा अन्य नेपाली पनि कार्यरत रहेकाले १३ जना नेपाली परेको उनीहरुले बताएका हुन् । तर, उद्धारकै क्रममा रहेकोले कुवेतको प्रशासनले यति जनाको मृत्यु र यति घाईते भन्ने अहिले सम्म खुलाएको छैन । ‘सम्भवत आज बेलुका सबै तथ्य बाहिर आउँछ ।’ महासचिव पाख्रिनले भने ।

मंगलबार बेलुका सम्म ६ जनाको शब निकालिएको र ३ जनाको सकुशल उद्धार गरिएको त्यहाँ कार्यरत नेपालीले बताए पनि मृत्यु भएका तथा जिवितै उद्धार गरिएका नागरिक कहाँका हुन् भनेर खुलाइएको छैन । घटनास्थलमा प्रहरी डाक्टर बाहेक अन्य कसैलाई पनि जान नदिएको बताइएको छ ।

अरब टाइम्सले ४ नेपालीको मृत्यु भएको भनेर समाचारमा जनाए पनि उनीहरुको परिचय आइसकेको छैन ।

कुवेतको एक निर्माणस्थलमा पुरिएर चार नेपाली कामदारको मृत्यु, तीन घाईते

वि.सं.२०७६ फागुन १ बिहीवार ११:५६ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...