back
CTIZAN AD

विद्यालयमा प्याड उपलब्ध हुने भएपछि छात्रा गयल अन्त्य

वि.सं.२०७६ फागुन १ बिहीवार

825 

shares

१ फागुन, दमौली । महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो ।

गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । छात्रालाई महिनावारीको समयमा कक्षा नियमितता बनाउने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको उनले बताए ।

मिन माध्यमिक विद्यालयमा एक हजार ५००, राधा माध्यमिक विद्यालय एक हजार १७०, महेन्द्र माध्यमिक विद्यालयमा ७००, जनगणपति माध्यमिक विद्यालयमा ७००, विजय आधारभूत विद्यालयमा १००, गणेश माध्यमिक विद्यालयमा ३००, रत्न माध्यमिक विद्यालयमा ३००, प्रभा आधारभूत विद्यालयमा २००, अकला आधारभूत विद्यालयमा १००, पसले आधारभूत विद्यालयमा १०० सेनेटरी प्याड वितरण गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

गाउँपालिकाले गत वर्ष पनि नौ विद्यालयमा प्याड उपलब्ध गराएको थियो । प्याडले महिनावारी भएको समयमा छात्राहलाई विद्यालयमा नियमित गराउन सहयोग पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए । “विद्यालयमा सेनेटेरी प्याड नपाउँदा महिनावारी भएको समयमा छात्रा विद्यालय नआउने, आए पनि बीचमै पढाइ छाडेर घर जाने गरेका थिए”, उनले भने, “गत वर्षदेखि विद्यालयमा नै प्याडको व्यवस्था हुन थालेपछि छात्रा निर्धक्क भएर विद्यालय आउन थालेका छन् ।”

सम्बन्धित विद्यालयका शिक्षिकालाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले जानकारी दिए । उनका अनुसार विद्यालयमै प्याड पाउने भएपछि महिनावारीकोे समयमा विद्यालय नआउने छात्राको दरमा कमी आएको छ । “रजश्वलाको समयमा छात्रा विद्यालय नआउने दर बढ्दै गइरहेको थियो, विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित आउने गरेका छन्”, उनले भने ।रासस

वि.सं.२०७६ फागुन १ बिहीवार ११:४८ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...