back
CTIZAN AD

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

वि.सं.२०७६ फागुन १ बिहीवार

843 

shares

१ फागुन, काठमाडौं । मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । अभद्र व्यवहारको कसुर लागेका प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

झापाको बी एण्ड सी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक रहेका प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

डा गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते (बिहीबार) पक्राउ पूर्जी जारी गरेको थियो । तर, प्रसाईं भने पक्राउ परेनन् ।

बिहीबार प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए । बिहीबार नै थुनछेक बहसपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको इजलाशले थुनछेक आदेश जारी गर्दै प्रसाईंँलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने निर्णय सुनाएको थियो ।

वि.सं.२०७६ फागुन १ बिहीवार १५:३४ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...