back

नयाँ कार्यक्रम ल्याउने: मन्त्री गिरी

वि.सं.२०७३ मंसिर २७ सोमवार

549 

shares
GLOBAL IME AD
NTC AD

२७ मङ्सिर,पथरी (मोरङ) । सिँचाइमन्त्री दीपक गिरीले देशभरका किसानको सिँचाइ सुविधा उपलब्ध गराउन नयाँ कार्यक्रम ल्याउने बताउनुभएको छ ।

प्रेस युनियनले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै मन्त्री गिरीले केही हप्तामै सिँचाइका विशेषज्ञको सम्मिलित टोली गठन गरेर सिँचाइसम्बन्धी नयाँ कार्यक्रम कस्तो ल्याउने भन्ने तय गर्ने बताउनुभयो ।

उहाँले देशका विभिन्न सिँचाइका असुविधा भएका ठाउँमा सिँचाइका कार्यक्रम पु¥याउने सरकारको लक्ष्य भएको बताउनुभयो । मोरङका केही नहर र खोलालाई व्यवस्थित गर्न कार्यक्रमसमेत ल्याइने उहाँले भनाइ छ ।

मन्त्री गिरीले सिँचाइको अधीनमा रहेको जमिन विभिन्न साधुसन्तको नाममा उपयोग भइरहेको बताउँदै त्यस विषयमा मन्त्रिपरिषदमा कुरा उठाउने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । ‘कसैले पनि मेरो गोरुको बाह्रै टक्का’ गरे राजनीतिक निकास ननिस्किने उहाँँको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेलगायतको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०८:१६ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...