back
CTIZAN AD

नयाँ कार्यक्रम ल्याउने: मन्त्री गिरी

वि.सं.२०७३ मंसिर २७ सोमवार

981 

shares

२७ मङ्सिर,पथरी (मोरङ) । सिँचाइमन्त्री दीपक गिरीले देशभरका किसानको सिँचाइ सुविधा उपलब्ध गराउन नयाँ कार्यक्रम ल्याउने बताउनुभएको छ ।

प्रेस युनियनले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै मन्त्री गिरीले केही हप्तामै सिँचाइका विशेषज्ञको सम्मिलित टोली गठन गरेर सिँचाइसम्बन्धी नयाँ कार्यक्रम कस्तो ल्याउने भन्ने तय गर्ने बताउनुभयो ।

उहाँले देशका विभिन्न सिँचाइका असुविधा भएका ठाउँमा सिँचाइका कार्यक्रम पु¥याउने सरकारको लक्ष्य भएको बताउनुभयो । मोरङका केही नहर र खोलालाई व्यवस्थित गर्न कार्यक्रमसमेत ल्याइने उहाँले भनाइ छ ।

मन्त्री गिरीले सिँचाइको अधीनमा रहेको जमिन विभिन्न साधुसन्तको नाममा उपयोग भइरहेको बताउँदै त्यस विषयमा मन्त्रिपरिषदमा कुरा उठाउने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । ‘कसैले पनि मेरो गोरुको बाह्रै टक्का’ गरे राजनीतिक निकास ननिस्किने उहाँँको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेलगायतको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०८:१६ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...