back

कठ्याङ्ग्रिएर एक वृद्धाको मृत्यु

वि.सं.२०७३ मंसिर २७ सोमवार

534 

shares
NTC AD

२७ मङ्सिर,महोत्तरी । अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ ।

गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदा आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको स्थानीय लालु सदाले बताउनुभयो ।

चार जना छोरी मात्र रहेको सदाको श्रीमान्को मृत्यु भएपछि उनी एक्लै घरमा बस्दै आएको सदाले जानकारी दिनुभयो । बाक्लो हुस्सु एवम् शीतलहरको समयमा सम्बन्धित निकायले दाउराको व्यवस्था नगरेपछि गौशालामा रहेको दलित समुदायमा बसोबास गर्ने बासिन्दा नराम्ररी प्रभावित भएका छन् ।

केही समययतादेखि चिसोपनको कारण जनजीवन प्रभावित भएको समयमा स्थानीयले समयमै दाउराको व्यवस्थाको माग गरेका छन् । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०८:०३ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको...