back
CTIZAN AD

कठ्याङ्ग्रिएर एक वृद्धाको मृत्यु

वि.सं.२०७३ मंसिर २७ सोमवार

999 

shares

२७ मङ्सिर,महोत्तरी। अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ ।

गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदा आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको स्थानीय लालु सदाले बताउनुभयो ।

चार जना छोरी मात्र रहेको सदाको श्रीमान्को मृत्यु भएपछि उनी एक्लै घरमा बस्दै आएको सदाले जानकारी दिनुभयो । बाक्लो हुस्सु एवम् शीतलहरको समयमा सम्बन्धित निकायले दाउराको व्यवस्था नगरेपछि गौशालामा रहेको दलित समुदायमा बसोबास गर्ने बासिन्दा नराम्ररी प्रभावित भएका छन् ।

केही समययतादेखि चिसोपनको कारण जनजीवन प्रभावित भएको समयमा स्थानीयले समयमै दाउराको व्यवस्थाको माग गरेका छन् । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०५:१६ मा प्रकाशित

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै...

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा...

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता...

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख...