back
CTIZAN AD

एन आई सी एशिया बैंकको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालत परिसरमा

वि.सं.२०७६ फागुन २ शुक्रवार

828 

shares

२ फगुन, काठमाडौं । जिल्ला अदालत ललितपुर परिसरमा एन आई सी एशिया बैंकले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे ।

मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश लगायतको उपस्थिति थियो । बैंककको तर्फबाट पनि उच्च पदस्थ पदाधिकारीको उपस्थिती रहेको बैंकद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने जानकारी दिए । उनले यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु¥याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी पनि गराए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जनाएको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १६:५८ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...