back
CTIZAN AD

चार मुक्तक

वि.सं.२०७६ फागुन ३ शनिवार

885 

shares

१.
गुनासो मात्र जीवन होइन आनन्द पनि लिन सिक
विषम परिस्थितिमा पनि धैर्य नगुमाइ टीक
भौतिकदेह आखिर चपरीमुनि नेै दफन हुँने त हो
दुनियाँलाई व्यर्थ कष्ट दिने कुकर्मबाट हात झिक ।
२.
जीवन महान उल्लास हो आशापंखी घोडा चढ
हिउँका चट्टान छिचोलेर आगो टेक्तै अगि बढ
कल्पना र मनोबलका ढाल कवच पहिरिएर
लक्ष्य चुम्न चौतारीमा रच आफ्नू सुन्दर गढ ।
३.
उ ! सिसाको घरमा बसेर ढुङ्गाको घुयत्रो हान्छ
सृष्टिको भव्यराज्य मेरै मात्र हो भन्ने ठान्छ
जब उठ्छन् धरतीमा बिद्रोहका आँधीहरु
हत्या हिंसा रच्ने मान्छे अहंकारको सती जान्छ ।
४.
वगरमा भड्किने प्यासा हो जिन्दगी
अधरमा लड्किने आशा हो जिन्दगी
ओडेर कल्पना सृष्टिको वेदीमा
घोकेर नबुझिने भाषा हो जिन्दगी ।

neupanebrutts@gmail.com

वि.सं.२०७६ फागुन ३ शनिवार ०९:५४ मा प्रकाशित