back
CTIZAN AD

कविता : हे ! भोले

वि.सं.२०७६ फागुन ३ शनिवार

789 

shares

यदि तिमी छौ भने
फेरि एकचोटि तिम्रो
रौद्र रूप देखाईदेउ भोले
त्रिनेत्र खोली जटा फिजाई
ताण्डव गरि देखाइदेउ भोले ।

थर्काइदेउ यो ब्रम्हाण्ड सारा
खसाइदेउ धरतीमा
नभका जून तारा
चिरिदेउ हिमालका कठोर छातीहरूलाई
मोडिदेउ फेरि आकाशतर्फ
गंगाको बहावलाई ।

किनकि …
पापका रक्तबिजहरूबाट
उम्रिएका विरूवाहरू मौलाउदै
विकृतिका हाँगाविँगा फैलाएर
सर्वाङ्ग लपेटिसक्यो
यो धरतीलाई ।

घमण्ड ,लोभ र व्याभिचारका
किटाणुहरूले
भित्रभित्रै कुहाएर
पिप जस्तो दङ्गदङ्गी
गन्हाउन थाल्यो
यो सृष्टि ।

दंभ,हिंसा र घृणाको
असाध्य रोगले बौलाएर
क्रुरताका पराकाष्ठा
नाघिसके मानिसहरूले ।

यसैले..
तिम्रो रौद्र रूप
आवश्यक भयो अब,
सृष्टिको शुद्धीकरण
आवश्यक भयो अब ।

यदि तिमी साँच्चै छौ भने
फेरि एकचोटि तिम्रो
रौद्र रूप देखाइदेउ भोले
पापका रक्तबिजहरू मासेर
सृष्टिको शुद्धीकरण
गरिदेउ न भोले ।

जोरथाङ (दक्षिण सिक्किम ) भारत ।

वि.सं.२०७६ फागुन ३ शनिवार ०९:५० मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...