back
CTIZAN AD

घाम लागेपछि खुसियाली

वि.सं.२०७३ मंसिर २७ सोमवार

1.1K 

shares

 २७ मङ्सिर,बर्दिबास । महोत्तरीसहितका पूर्वी तराईमा आज नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ ।

गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच आज दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो ।

आज मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ । जिल्लाको सुदूर पूर्वउत्तरको पर्साहीधापदेखि सुदूर पूर्वदक्षिणको मटिहानीसम्म करिब एउटै समयमा घाम देखिएको हो ।

जिल्लाको सुदूर पश्चिमउत्तरको खयरमारादेखि सुदूर पश्चिमदक्षिणको खैरबनीमा समेत झलमल्ल घाम देखिएपछि सर्वसाधारणले लगलगी कमाउने जाडोबाट केही हदसम्म छुटकारा पाएको बताएका छन् । झलमल्ल घाम देखिएसँगै जिल्लाका बर्दिबास, जलेश्वर, गौशाला, सीतापुर, मटिहानी, सम्सी र रामगोपालपुरसहितका बजारमा निकै चहलपहल बढेको छ ।

नौ दिनसम्मको बाक्लो हुस्सुका कारण ग्राहकले धुन दिएका लुगा थन्क्याएर राखेका लुगा धुने पेसाका धोबीहरु घाम देखिनासाथ लुगा धुने र सुकाउने काममा व्यस्त देखिएका छन् । नौ दिनदेखि घरमा थुपारिएका लुगा धुन पाएको लुगा धुने पेसा अपनाएका भङ्गाहा–८, सीतापुरबजारका इस्राफिल धोबीले बताउनुभयो ।

मौसममा सुधार देखिनासाथ पशुपालक किसान पनि घरपालुवा पशुवस्तुलाई चराउन लगेका छन् । नौ दिनपछि आकाश सफा भएर घाम देखिएकाले अब केही दिन हुस्सु नलाग्ने सर्वसाधारणले लख काटेका छन् । महोत्तरीसँग सीमा जोडिएका धनुषा र सर्लाही जिल्लामा पनि आज पारिलो घाम लागेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ११:२४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...