back

घाम लागेपछि खुसियाली

वि.सं.२०७३ मंसिर २७ सोमवार

672 

shares
GLOBAL IME AD
NTC AD

 २७ मङ्सिर,बर्दिबास । महोत्तरीसहितका पूर्वी तराईमा आज नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ ।

गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच आज दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो ।

आज मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ । जिल्लाको सुदूर पूर्वउत्तरको पर्साहीधापदेखि सुदूर पूर्वदक्षिणको मटिहानीसम्म करिब एउटै समयमा घाम देखिएको हो ।

जिल्लाको सुदूर पश्चिमउत्तरको खयरमारादेखि सुदूर पश्चिमदक्षिणको खैरबनीमा समेत झलमल्ल घाम देखिएपछि सर्वसाधारणले लगलगी कमाउने जाडोबाट केही हदसम्म छुटकारा पाएको बताएका छन् । झलमल्ल घाम देखिएसँगै जिल्लाका बर्दिबास, जलेश्वर, गौशाला, सीतापुर, मटिहानी, सम्सी र रामगोपालपुरसहितका बजारमा निकै चहलपहल बढेको छ ।

नौ दिनसम्मको बाक्लो हुस्सुका कारण ग्राहकले धुन दिएका लुगा थन्क्याएर राखेका लुगा धुने पेसाका धोबीहरु घाम देखिनासाथ लुगा धुने र सुकाउने काममा व्यस्त देखिएका छन् । नौ दिनदेखि घरमा थुपारिएका लुगा धुन पाएको लुगा धुने पेसा अपनाएका भङ्गाहा–८, सीतापुरबजारका इस्राफिल धोबीले बताउनुभयो ।

मौसममा सुधार देखिनासाथ पशुपालक किसान पनि घरपालुवा पशुवस्तुलाई चराउन लगेका छन् । नौ दिनपछि आकाश सफा भएर घाम देखिएकाले अब केही दिन हुस्सु नलाग्ने सर्वसाधारणले लख काटेका छन् । महोत्तरीसँग सीमा जोडिएका धनुषा र सर्लाही जिल्लामा पनि आज पारिलो घाम लागेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ११:२४ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न ।...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई...

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...