back
CTIZAN AD

अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप भएको समाचार आधारहीन : क्रेमलिन

वि.सं.२०७३ मंसिर २८ मंगलवार

1.1K 

shares

२८ मंसिर, मस्को (रसिया) । रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सीआईएको रिपोर्ट निराधार आरोपमात्रै भएको जनाएको छ ।

 निर्वाचनका विषयमा रसियालाई जोडेर गरेको एउटै पनि आरोप विल्कुलै आधारहीन भएको र यसलाई प्रमाणित गरेर देखाउन क्रेमलिन प्रवक्ता डिमित्री पेस्कोभले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

 “यी सबै आरोप विल्कुल निराधार, अनुचित र अव्यवसायिक रहेकाले यसको वास्तविक अर्थमा कुनै तुक छैन,” पेस्कोभले भन्नुभयो ।

गतहप्ता वासिङटन पोस्टमा प्रकाशित एक समाचारमा सन् २०१६ मा रसियाले साइबर आक्रमणद्वारा अमेरिकी निर्वाचन प्रभावित तुल्याउने र रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको पक्षमा माहोल खडा गरेकोे भन्ने भावसहित सीआईएको रिपोर्टलाई सार्वजनिक गरिएकोे थियोे ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशन र अमेरिकी कँग्रेसको मागअनुसार सीआईएको प्रतिवेदन बाहिर ल्याइएको र यसमा सन् २०१६ को निर्वाचन समयमा भएका साइबर अपराधसम्बन्धी घटना र अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपका बारेमा जनाइएको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको दलले यसको खण्डन गरिसकेको छ । रिपब्लिकन पार्टीका नेसनल कमिटीका प्रवक्ता सिन स्पाइसरले गुप्तचर संस्थाबाट आएको सूचना ‘गलत’ भएको भनी प्रतिवेदनको खण्डन गर्नुभएको छ ।

 त्यसैगरी ट्रम्पले पनि सूचनालाई ‘प्रतिशोधपूर्ण’ भन्दै ट्वीटमार्फट खण्डन गर्नुभएको थियो ।

गत जुलाईमा हिलारी क्लिन्टनको निर्वाचन अभियानले डेमोक्रेटिक नेसनल कमिटीबाट लज्जास्पद इमेल चुहावटबारे कुरा उठाएपछि क्रेमलिन अमेरिकी राजनीतिमा प्रवेश गरेको थियो ।

 रसियाली राष्ट्रपतिले अमेरिकी निर्वाचनमा रसियाको हात रहेको भनी आएका समाचारलाई अमेरिकी मतदाताको ध्यानलाई स्थानीय मुद्दालाई विषयान्तर गर्ने प्रयास भनी आरोपको गत अक्टोबरमा नै खण्डन गर्नुभएको थियो । एएफपी

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०३:५३ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...