back

ईयू – क्युबाबीच सम्बन्ध सुधारका लागि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

वि.सं.२०७३ मंसिर २८ मंगलवार

495 

shares
IME Limited
NTC AD

२८ मंसिर, ब्रसेल्स (बेल्जियम) । युरोपियन युनियन (ईयू) र क्युबाबीच राजनीतिक सम्बन्धमा सुधार ल्याउनका लागि सोमबार एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताले दशकौँदेखि असामान्य देखिएको ईयू र क्युबाबीचको राजनीतिक सम्बन्ध सुधारका साथै व्यापार र सहकार्यलाई विस्तार गर्नेमा ईयूका विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले विश्वास व्यक्त गर्नुभयो ।

‘पोलिटिकल डाएलग एन्ड कोअपरेसन एग्रीमेन्ट’ नाम दिइएको सम्झौतामा ईयूका तर्फबाट मोघेरिनी तथा क्युबाका तर्फबाट विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारेजले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताले ब्रसेल्स र हवानाबीच राजनीतिक तथा आर्थिक सहकार्य गर्दै दिगो विकास, प्रजातन्त्र, मानवअधिकार, ऊर्जा, खानी, दूरसञ्चार तथा पर्यटनलगायतका क्षेत्रमा योगदान गर्ने बताइएको छ ।

ईयूले यो किसिमको सम्झौता क्युबा बाहेकका दक्षिण अमेरिकी मुलुक र क्यारेबियन क्षेत्रमा यसअघि नै गरिसकेको थियो । सिन्ह्वा

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०३:५५ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...