back
CTIZAN AD

ईयू – क्युबाबीच सम्बन्ध सुधारका लागि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

वि.सं.२०७३ मंसिर २८ मंगलवार

771 

shares

२८ मंसिर, ब्रसेल्स (बेल्जियम) । युरोपियन युनियन (ईयू) र क्युबाबीच राजनीतिक सम्बन्धमा सुधार ल्याउनका लागि सोमबार एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताले दशकौँदेखि असामान्य देखिएको ईयू र क्युबाबीचको राजनीतिक सम्बन्ध सुधारका साथै व्यापार र सहकार्यलाई विस्तार गर्नेमा ईयूका विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले विश्वास व्यक्त गर्नुभयो ।

‘पोलिटिकल डाएलग एन्ड कोअपरेसन एग्रीमेन्ट’ नाम दिइएको सम्झौतामा ईयूका तर्फबाट मोघेरिनी तथा क्युबाका तर्फबाट विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारेजले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताले ब्रसेल्स र हवानाबीच राजनीतिक तथा आर्थिक सहकार्य गर्दै दिगो विकास, प्रजातन्त्र, मानवअधिकार, ऊर्जा, खानी, दूरसञ्चार तथा पर्यटनलगायतका क्षेत्रमा योगदान गर्ने बताइएको छ ।

ईयूले यो किसिमको सम्झौता क्युबा बाहेकका दक्षिण अमेरिकी मुलुक र क्यारेबियन क्षेत्रमा यसअघि नै गरिसकेको थियो । सिन्ह्वा

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०३:५५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...