back
CTIZAN AD

सिरिया द्वन्द्व विषयमा रसियाले झुट बोलेको फ्रान्सको आरोप

वि.सं.२०७३ मंसिर २८ मंगलवार

879 

shares

२८ मंसिर, ब्रसेल्स (बेल्जियम) । सिरियामा जारी द्वन्द्व समाधान सम्बन्धमा रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई आतङ्कवादविरोधी अभियानमा सघाएको बताए पनि वास्तवमा आतङ्कवादी गतिविधि नियन्त्रणमा रसियाली कारबाही केन्द्रित नभएको फ्रान्सले बताएको छ ।

सोमबार युरोपेली युनियनका विदेशमन्त्रीहरूको नियमित भेटघाटका क्रममा ब्रसेल्समा बोल्दै फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुल्टले भन्नुभयो, सिरियाद्वन्द्व अन्त्य गर्ने सम्बन्धमा गत हप्ताको अन्त्यतिर अमेरिकी तथा रसियाली अधिकारीबीच भएको वार्ता सफल नहुनुमा रसियाको दोहोरो भूमिकाका साथै लगातारको झुटो आश्वासन जिम्मेवार छ ।

एकातिर रसियाली अधिकारी वार्ता गरौँ र युद्धबिराम गर्न सिरियालाई दबाब सिर्जना गरौँ भन्छन्, अर्कोतिर सिरियामा असदको सत्ता टिकाइराख्न र विद्रोहीलाई सखाप पार्न सैनिक सहयोग दिँदै आएको छ, आयरुल्टले थप्नुभयो ।

रसियाको धेरै प्रयास अलेप्पो सहर नियन्त्रणमा लिनु रहेको भएको बताउँदै उहाँले भन्नुभयो, मस्कोको वास्तविक प्राथमिकता नै यही हो जसका कारण करिब तीन लाख सिरियालीले ज्यान गुमाउनु प¥यो । एएफपी

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०३:५५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...